Millat al-Islam

Chapter 96 · 19 verses · Ahl Al Hadith Central Society Of Nepal

Surah Al-Alaq in Nepali

Arabic with tafsir Listen to Surah Al-Alaq (1269 reciters)
Meccanسورة العلق19 verses

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

ٱقۡرَأۡ بِٱسۡمِ رَبِّكَ ٱلَّذِي خَلَقَ ١आफ्नो पालनकर्ताको नाम लिएर पढ, जसले सृष्टि गर्यो । خَلَقَ ٱلۡإِنسَٰنَ مِنۡ عَلَقٍ ٢जसले मानिसलाई रगतको थोपाबाट बनायो । ٱقۡرَأۡ وَرَبُّكَ ٱلۡأَكۡرَمُ ٣तिमी पढ्दै गर तिम्रो पालनकर्ता बडो दयावान छ । ٱلَّذِي عَلَّمَ بِٱلۡقَلَمِ ٤जसले कलमको माध्यमबाट शिक्षा प्रदान गर्यो । عَلَّمَ ٱلۡإِنسَٰنَ مَا لَمۡ يَعۡلَمۡ ٥जसले मानिसलाई त्यो ज्ञान प्रदान गर्यो, जुन उसले जान्दैनथ्यो । كـَلَّآ إِنَّ ٱلۡإِنسَٰنَ لَيَطۡغَىٰٓ ٦तर मानिस उल्लंघनकारी भइहाल्दछ । أَن رَّءَاهُ ٱسۡتَغۡنَىٰٓ ٧यसकारण कि उसले आफूलाई आत्मनिर्भर देख्दछ । إِنَّ إِلَىٰ رَبِّكَ ٱلرُّجۡعَىٰٓ ٨यसमा कुनै सन्देह छैन कि तिम्रो पालनकर्तातिर नै फर्किजानु पर्नेछ । أَرَءَيۡتَ ٱلَّذِي يَنۡهَىٰ ٩के तिमीले त्यस व्यक्तिलाई देख्यौ ? जसले (अल्लाहको) सेवकलाई मनाही गर्दछ । عَبۡدًا إِذَا صَلَّىٰٓ ١٠(अर्थात्) एक अल्लाहको भक्तलाई जबकि उसले नमाज पढ्नथाल्छ । أَرَءَيۡتَ إِن كَانَ عَلَى ٱلۡهُدَىٰٓ ١١तिम्रो के विचार छ ? यदि त्यो सोझो मार्गमा छ भने । أَوۡ أَمَرَ بِٱلتَّقۡوَىٰٓ ١٢वा संयमित रहनुको आदेश दिन्छ भने । أَرَءَيۡتَ إِن كَذَّبَ وَتَوَلَّىٰٓ ١٣अच्छा हेर त यदि त्यस (रोक्नेवाला)ले झूठ ठान्यो र मुख फर्काएको भए أَلَمۡ يَعۡلَم بِأَنَّ ٱللَّهَ يَرَىٰ ١٤त के उसले जानेन, कि अल्लाहले राम्ररी उसलाई देखिरहेकोछ । كـَلَّا لَئِن لَّمۡ يَنتَهِ لَنَسۡفَعَۢا بِٱلنَّاصِيَةِ ١٥निःसंदेह यदि त्यसले मानेन भने हामीले उसलाई उसको टाउकोको (निधारको) कपाल समातेर घिसार्ने छौं । نَاصِيَةٍ كَٰذِبَةٍ خَاطِئَةٍ ١٦यस्तो टाउको जो झूठो अपराधी छ । فَلۡيَدۡعُ نَادِيَهُۥ ١٧यिनीहरू आफ्ना साथीहरूको परिषद्लाई बोलाऊन् । سَنَدۡعُ ٱلزَّبَانِيَةَ ١٨हामीले पनि आफ्नो सजायका दूतहरूलाई बोलाउनेछौं । كـَلَّا لَا تُطِعۡهُ وَٱسۡجُدۡۤ وَٱقۡتَرِب ۩ ١٩खबरदार ! उसको भनाई कदापि नमान्नु र सजदा गर्नु र (अल्लाहको) निकटता प्राप्त गर्दैरहुन् ।

Translation: Ahl Al Hadith Central Society Of Nepal.