بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ ١शुर गर्दछु अल्लाहको नामबाट जो अत्यन्त दयालु र अति कृपालु छ । ٱلۡحَمۡدُ لِلَّهِ رَبِّ ٱلۡعَٰلَمِينَ ٢समस्त प्रशंसा अल्लाहकै लागि छन्, जो सम्पूर्ण ब्रह्माण्डको पालनकर्ता हो । ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ ٣अत्यन्त दयालु अति कृपालु हो । مَٰلِكِ يَوۡمِ ٱلدِّينِ ٤प्रतिफल (कयामत)को दिनका स्वामी हो । إِيَّاكَ نَعۡبُدُ وَإِيَّاكَ نَسۡتَعِينُ ٥हामी तिम्रै उपासना गर्दछौं र तिमीसंग मात्र मद्दत चाहन्छौं । ٱهۡدِنَا ٱلصِّرَٰطَ ٱلۡمُسۡتَقِيمَ ٦हामीलाई सोझो (सच्चा) बाटो देखाऊ । صِرَٰطَ ٱلَّذِينَ أَنۡعَمۡتَ عَلَيۡهِمۡ غَيۡرِ ٱلۡمَغۡضُوبِ عَلَيۡهِمۡ وَلَا ٱلضَّآلِّينَ ٧उनीहरूको बाटो जसलाई तिमीले पुरस्कृत गर्यौ तिनीहरूको होइन जसमाथि तिम्रो क्रोध भयो, र न पथभ्रष्टहरूको (बाटो) ।
Chapter 1 · 7 verses · Ahl Al Hadith Central Society Of Nepal
Surah Al-Fatihah in Nepali
Tap a verse number for its tafsir
Translation: Ahl Al Hadith Central Society Of Nepal.