Millat al-Islam

Chapter 69 · 52 verses · Ahl Al Hadith Central Society Of Nepal

Surah Al-Haaqqa in Nepali

Arabic with tafsir Listen to Surah Al-Haaqqa (1332 reciters)
Meccanسورة الحاقة52 verses

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

ٱلۡحَآقَّةُ ١वास्तवमा भएर नै छाड्नेवाला مَا ٱلۡحَآقَّةُ ٢प्रमाणित हुनेवाला के हो وَمَآ أَدۡرَىٰكَ مَا ٱلۡحَآقَّةُ ٣र तिमीलाई के थाहा छ कि त्यो वास्तविक प्रमाणित हुनेवाला के हो كَذَّبَتۡ ثَمُودُ وَعَادُۢ بِٱلۡقَارِعَةِ ٤त्यस ठूलो स्वरको कराउने गड्गडाहट वालालाई ‘‘समूद’’ र ‘‘आद’’ (दुवै) ले असत्य मानेका थिए । فَأَمَّا ثَمُودُ فَأُهۡلِكُواْ بِٱلطَّاغِيَةِ ٥जसको परिणाममा ‘‘समूद’’लाई भयंकर चटयाङ्गबाट नष्ट गरियो । وَأَمَّا عَادٌ فَأُهۡلِكُواْ بِرِيحٍ صَرۡصَرٍ عَاتِيَةٍ ٦र ‘‘आद’’ ठूलो तीव्र हुरीबाट समाप्त गरिए । سَخَّرَهَا عَلَيۡهِمۡ سَبۡعَ لَيَالٍ وَثَمَٰنِيَةَ أَيَّامٍ حُسُومًاۖ فَتَرَى ٱلۡقَوۡمَ فِيهَا صَرۡعَىٰ كَأَنَّهُمۡ أَعۡجَازُ نَخۡلٍ خَاوِيَةٍ ٧जसलाई अल्लाहले सात रात र आठ दिनसम्म निरन्तर उनीहरूमाथि लगाएको थियो तब तिमीले उनीहरूलाई भूइँमा यसरी लडेको अवस्थामा देख्यौ जस्तो कि खजूरका खोक्रा बोटहरू । فَهَلۡ تَرَىٰ لَهُم مِّنۢ بَاقِيَةٍ ٨के तिमी उनीहरूमध्ये कोहीलाई पनि शेष देखिरहेका छौ وَجَآءَ فِرۡعَوۡنُ وَمَن قَبۡلَهُۥ وَٱلۡمُؤۡتَفِكَٰتُ بِٱلۡخَاطِئَةِ ٩‘‘फिरऔन’’ उसभन्दा पहिलाका मानिसहरू र जसको गाउँ बस्तीहरू उलटपलट भए, उनीहरूले पनि अपराध गर्दथे । فَعَصَوۡاْ رَسُولَ رَبِّهِمۡ فَأَخَذَهُمۡ أَخۡذَةً رَّابِيَةً ١٠र उनीहरूले आफ्नो पालनकर्ताको पैगम्बरको अवज्ञा गरे, तब अल्लाहले उनलाई पनि कठोर पकडमा लिइहाल्यो । إِنَّا لَمَّا طَغَا ٱلۡمَآءُ حَمَلۡنَٰكُمۡ فِي ٱلۡجَارِيَةِ ١١जब पानीमा हलचल आयो तब त्यस बेला हामीले तिमीलाई नौकामा सवार गरायौं । لِنَجۡعَلَهَا لَكُمۡ تَذۡكِرَةً وَتَعِيَهَآ أُذُنٌ وَٰعِيَةٌ ١٢ताकि त्यसलाई तिम्रो निम्ति शिक्षा बनाइदिऔं र यादगर्ने कानले सुरक्षित राखुन् । فَإِذَا نُفِخَ فِي ٱلصُّورِ نَفۡخَةٌ وَٰحِدَةٌ ١٣तसर्थ जब सूरमा एकफूँक फूँकिनेछ وَحُمِلَتِ ٱلۡأَرۡضُ وَٱلۡجِبَالُ فَدُكَّتَا دَكَّةً وَٰحِدَةً ١٤र धरती र पहाड दुवै उठाइनेछन्, र एकैचोटी क्षतविक्षत गरिनेछन् । فَيَوۡمَئِذٍ وَقَعَتِ ٱلۡوَاقِعَةُ ١٥त त्यसदिन घटित हुनेवाला कयामत भइहाल्ने छ । وَٱنشَقَّتِ ٱلسَّمَآءُ فَهِيَ يَوۡمَئِذٍ وَاهِيَةٌ ١٦र आकाश फाटिने छ अनि त्यो त्यसदिन एकदम कमजोर भइहाल्नेछ । وَٱلۡمَلَكُ عَلَىٰٓ أَرۡجَآئِهَاۚ وَيَحۡمِلُ عَرۡشَ رَبِّكَ فَوۡقَهُمۡ يَوۡمَئِذٍ ثَمَٰنِيَةٌ ١٧र फरिश्ताहरू उसको किनारमा हुनेछन् र त्यसदिन तिम्रो पालनकर्ताको सिंहासनलाई आठ फरिश्ताहरूले आफूमाथि उचालेका हुनेछन् । يَوۡمَئِذٍ تُعۡرَضُونَ لَا تَخۡفَىٰ مِنكُمۡ خَافِيَةٌ ١٨त्यसदिन तिमी सबै सामुन्ने प्रस्तुत गरिनेछौ, (र) तिम्रो कुनै भेद लुकिरहने छैन । فَأَمَّا مَنۡ أُوتِيَ كِتَٰبَهُۥ بِيَمِينِهِۦ فَيَقُولُ هَآؤُمُ ٱقۡرَءُواْ كِتَٰبِيَهۡ ١٩अनि जोसुकैलाई उसको कर्मपत्र उसको दाहिने हातमा दिइनेछ, त्यसले (अरुसित) भन्नेछः कि लिनुस् मेरो कर्मपत्र पढ्नुस् । إِنِّي ظَنَنتُ أَنِّي مُلَٰقٍ حِسَابِيَهۡ ٢٠मलाई पूरा यकिन थियो कि मेरो हिसाब मलाई अवश्य प्राप्त हुनेछ । فَهُوَ فِي عِيشَةٍ رَّاضِيَةٍ ٢١अतः त्यो (व्यक्ति) आनन्दित जीवनमा हुनेछ । فِي جَنَّةٍ عَالِيَةٍ ٢٢उच्चा, भव्य स्वर्गमा قُطُوفُهَا دَانِيَةٌ ٢٣जसका फलहरूका गुच्छाहरू झुण्डिएका हुनेछन् । كُلُواْ وَٱشۡرَبُواْ هَنِيٓـَٔۢا بِمَآ أَسۡلَفۡتُمۡ فِي ٱلۡأَيَّامِ ٱلۡخَالِيَةِ ٢٤(उनीहरूसित भनिनेछ) जुन कर्म तिमीहरूले अघिका दिनहरूमा अगाडि पठाइसकेका छौ, त्यसको प्रतिफलस्वरूप मजासित खाऊ र पिऊ । وَأَمَّا مَنۡ أُوتِيَ كِتَٰبَهُۥ بِشِمَالِهِۦ فَيَقُولُ يَٰلَيۡتَنِي لَمۡ أُوتَ كِتَٰبِيَهۡ ٢٥तर जसको कर्मपत्र उसको बायाँ हातमा दिइनेछ, त्यसले भन्नेछ, काश कति राम्रो हुन्थ्यो कि मेरो कर्मपत्र मलाई नदिएको भए । وَلَمۡ أَدۡرِ مَا حِسَابِيَهۡ ٢٦र मलाई थाहा नभएको भए कि मेरो हिसाब के छ । يَٰلَيۡتَهَا كَانَتِ ٱلۡقَاضِيَةَ ٢٧ऐ काश, मृत्युले मेरो काम नै समाप्त गरिसक्ने थियो । مَآ أَغۡنَىٰ عَنِّي مَالِيَهۡۜ ٢٨(आज) मेरो सम्पत्ति पनि मेरो केही काम लागेन । هَلَكَ عَنِّي سُلۡطَٰنِيَهۡ ٢٩(आह) मेरो वर्चस्व मबाट गइहाल्यो । خُذُوهُ فَغُلُّوهُ ٣٠(आदेश हुनेछ कि) यसलाई समात र यसलाई बाँधिहाल छल्ला पहिराइदिनु । ثُمَّ ٱلۡجَحِيمَ صَلُّوهُ ٣١अनि यसलाई नर्कमा हालिदेऊ । ثُمَّ فِي سِلۡسِلَةٍ ذَرۡعُهَا سَبۡعُونَ ذِرَاعًا فَٱسۡلُكُوهُ ٣٢अनि जंजीरले जसको नाप सत्तरी हाथ छ, जकडिदेऊ । إِنَّهُۥ كَانَ لَا يُؤۡمِنُ بِٱللَّهِ ٱلۡعَظِيمِ ٣٣निश्चितरूपले यसले महिमावान अल्लाहमाथि ईमान राख्दैनथ्यो وَلَا يَحُضُّ عَلَىٰ طَعَامِ ٱلۡمِسۡكِينِ ٣٤र न गरिबलाई खाना खुवाउन प्रोत्साहित गर्दथ्यो فَلَيۡسَ لَهُ ٱلۡيَوۡمَ هَٰهُنَا حَمِيمٌ ٣٥अतः आज यसको यहाँ न कोही मित्र छ । وَلَا طَعَامٌ إِلَّا مِنۡ غِسۡلِينٍ ٣٦र न पीप बाहेक उसको निम्ति आज कुनै खाना छ । لَّا يَأۡكُلُهُۥٓ إِلَّا ٱلۡخَٰطِـُٔونَ ٣٧जसलाई अपराधीहरू बाहेक कसैले खाने छैन । فَلَآ أُقۡسِمُ بِمَا تُبۡصِرُونَ ٣٨अतः हामीलाई ती कुराहरूको कसम छ जुन तिमीले देख्दछौ وَمَا لَا تُبۡصِرُونَ ٣٩र (कसम छ) ती कुराको जुन तिमीले देख्दैनौ । إِنَّهُۥ لَقَوۡلُ رَسُولٍ كَرِيمٍ ٤٠कि यो कुरआन एक प्रतिष्ठित रसूलबाट ल्याइएको वाणी हो । وَمَا هُوَ بِقَوۡلِ شَاعِرٍۚ قَلِيلًا مَّا تُؤۡمِنُونَ ٤١र यो कुनै कविको वाणी होइन । परन्तु तिमीहरूले बहुत कम विश्वास गर्दैछौ وَلَا بِقَوۡلِ كَاهِنٍۚ قَلِيلًا مَّا تَذَكَّرُونَ ٤٢र न यो कुनै ज्योतिषीको वाणी हो, तर तिमीहरूले थोरै शिक्षा प्राप्त गर्दछौ । تَنزِيلٌ مِّن رَّبِّ ٱلۡعَٰلَمِينَ ٤٣(यो त) सम्पूर्ण संसारको पालनकर्ताबाट अवतरित गरिएको हो । وَلَوۡ تَقَوَّلَ عَلَيۡنَا بَعۡضَ ٱلۡأَقَاوِيلِ ٤٤र यदि यस पैगम्बरले हाम्रो बारेमा कुनै झूठा कुरा बनाएर ल्याएको भए لَأَخَذۡنَا مِنۡهُ بِٱلۡيَمِينِ ٤٥त हामीले उनलाई दाहिने हातबाट समातिहाल्थ्यौं । ثُمَّ لَقَطَعۡنَا مِنۡهُ ٱلۡوَتِينَ ٤٦अनि उनको हृदयको धमनी काटिदिंथ्यौं । فَمَا مِنكُم مِّنۡ أَحَدٍ عَنۡهُ حَٰجِزِينَ ٤٧अनि तिमीमध्ये कोही पनि हामीलाई यसबाट रोक्नेवाला हुँदैनथ्यो । وَإِنَّهُۥ لَتَذۡكِرَةٌ لِّلۡمُتَّقِينَ ٤٨र निःसन्देह यो (कुरआन) परहेजगारहरूको (अमात्मसयंमीहरूको) निम्ति एउटा उपदेश हो । وَإِنَّا لَنَعۡلَمُ أَنَّ مِنكُم مُّكَذِّبِينَ ٤٩र हामीलाई थाहा छ कि तिमीमध्ये केही यसलाई असत्य भन्नेवाला छन् । وَإِنَّهُۥ لَحَسۡرَةٌ عَلَى ٱلۡكَٰفِرِينَ ٥٠साथै (यो झूठा मान्नु) अपसोच छ काफिरहरूको लागि । وَإِنَّهُۥ لَحَقُّ ٱلۡيَقِينِ ٥١यो निःसंदेह बिल्कुल विश्वासनीय सत्य हो । فَسَبِّحۡ بِٱسۡمِ رَبِّكَ ٱلۡعَظِيمِ ٥٢अतः तिमीले आफ्नो महिमावान् पालनकर्ताको नामको गुणगान गर ।

Translation: Ahl Al Hadith Central Society Of Nepal.