Millat al-Islam

Chapter 84 · 25 verses · Ahl Al Hadith Central Society Of Nepal

Surah Al-Inshiqaq in Nepali

Arabic with tafsir Listen to Surah Al-Inshiqaq (1262 reciters)

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

إِذَا ٱلسَّمَآءُ ٱنشَقَّتۡ ١जब आकाश छिया–छिया परिहाल्नेछ । وَأَذِنَتۡ لِرَبِّهَا وَحُقَّتۡ ٢र आफ्नो पालनकर्ताको आदेशको पालना गर्नेछ र उसलाई पनि यही चाहियो । وَإِذَا ٱلۡأَرۡضُ مُدَّتۡ ٣र जब धरतीलाई समतल पारिदिइनेछ । وَأَلۡقَتۡ مَا فِيهَا وَتَخَلَّتۡ ٤र जे–जति त्यसमा छ, त्यसलाई बाहिर फ्याँकिदिनेछ र (बिल्कुलै) रित्तो भइहाल्नेछ । وَأَذِنَتۡ لِرَبِّهَا وَحُقَّتۡ ٥र आफ्नो पालकर्ताको आदेश पालना गर्नेछ । र उसलाई उचित पनि यही छ । يَٰٓأَيُّهَا ٱلۡإِنسَٰنُ إِنَّكَ كَادِحٌ إِلَىٰ رَبِّكَ كَدۡحًا فَمُلَٰقِيهِ ٦हे मानिस ! तिमी आफ्नो पालनकर्तासित भेट्दासम्म प्रयास र अनेक काम गरेर उसित भेट गर्नेवाला छौ । فَأَمَّا مَنۡ أُوتِيَ كِتَٰبَهُۥ بِيَمِينِهِۦ ٧अनि जुन सुकैलाई उसको कर्मपत्र उसको दाहिने हातमा दिइनेछ । فَسَوۡفَ يُحَاسَبُ حِسَابًا يَسِيرًا ٨त ऊसित सरलताको साथ हिसाब लिइनेछ । وَيَنقَلِبُ إِلَىٰٓ أَهۡلِهِۦ مَسۡرُورًا ٩र त्यो आफ्नो आफन्तहरूतिर खुशी भएर फर्कनेछ । وَأَمَّا مَنۡ أُوتِيَ كِتَٰبَهُۥ وَرَآءَ ظَهۡرِهِۦ ١٠र त्यो व्यक्ति जसको कर्मपत्र उसको पिठ्युँको पछाडिबाट दिइनेछ । فَسَوۡفَ يَدۡعُواْ ثُبُورًا ١١त त्यसले मृत्युलाई पुकार्ने छ । وَيَصۡلَىٰ سَعِيرًا ١٢र प्रज्वलित नर्कमा (दोजखमा) प्रवेश गर्नेछ । إِنَّهُۥ كَانَ فِيٓ أَهۡلِهِۦ مَسۡرُورًا ١٣त्यो मानिस आफ्नो आफन्तका मानिसहरूमा मग्न रहन्थ्यो । إِنَّهُۥ ظَنَّ أَن لَّن يَحُورَ ١٤र ठानी राख्थ्यो कि अल्लाहतिर फर्केर जानेछैन । بَلَىٰٓۚ إِنَّ رَبَّهُۥ كَانَ بِهِۦ بَصِيرًا ١٥हो, किन होइन ? यद्यपि उसको पालनकर्ताले उसलाई हेरिराखेको थियो । فَلَآ أُقۡسِمُ بِٱلشَّفَقِ ١٦मलाई कसम छ डुब्ने बेलाको प्रकाशको । وَٱلَّيۡلِ وَمَا وَسَقَ ١٧र रात्रीको कसम र उसद्वारा एकत्रित गरिएका वस्तुहरूको कसम । وَٱلۡقَمَرِ إِذَا ٱتَّسَقَ ١٨र चन्द्रको, जबकि त्यो पूर्ण भइहाल्छ । لَتَرۡكَبُنَّ طَبَقًا عَن طَبَقٍ ١٩कि तिमीले निश्चय नै एक अवस्थाबाट अर्को अवस्थासम्म पुग्नेछौ । فَمَا لَهُمۡ لَا يُؤۡمِنُونَ ٢٠त उनीहरूलाई के भएको छ कि ईमान ल्याउँदैनन् । وَإِذَا قُرِئَ عَلَيۡهِمُ ٱلۡقُرۡءَانُ لَا يَسۡجُدُونَۤ ۩ ٢١र जब उनीहरूको अगाडि कुरआन पढिन्छ त ढोग (सिज्दा) गर्दैनन् । بَلِ ٱلَّذِينَ كَفَرُواْ يُكَذِّبُونَ ٢٢बरु काफिरहरूले झुठ्लाउँछन् । وَٱللَّهُ أَعۡلَمُ بِمَا يُوعُونَ ٢٣यिनीहरूले आफ्नो हृदयमा जुन कुरा लुकाउँछन्, त्यसलाई अल्लाह राम्ररी जान्दछ । فَبَشِّرۡهُم بِعَذَابٍ أَلِيمٍ ٢٤तसर्थ उनीहरूलाई कष्टदायक यातनाको समाचार सुनाइदिनु । إِلَّا ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ لَهُمۡ أَجۡرٌ غَيۡرُ مَمۡنُونِۭ ٢٥हो, ईमानवालाहरू र असल कर्म गर्नेहरूको निम्ति असीमित र नसकिने पुरस्कार छ ।

Translation: Ahl Al Hadith Central Society Of Nepal.