Millat al-Islam

Chapter 77 · 50 verses · Ahl Al Hadith Central Society Of Nepal

Surah Al-Mursalat in Nepali

Arabic with tafsir Listen to Surah Al-Mursalat (1212 reciters)

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

وَٱلۡمُرۡسَلَٰتِ عُرۡفًا ١हृदय प्रसन्न गर्दै बग्ने वायुको कसम । فَٱلۡعَٰصِفَٰتِ عَصۡفًا ٢अनि अत्यन्त प्रचण्ड भइहाल्ने (हवा)को कसम । وَٱلنَّٰشِرَٰتِ نَشۡرًا ٣र (बादलहरूलाई) उचालेर फिजाउँछन् त्यसको सौगन्ध । فَٱلۡفَٰرِقَٰتِ فَرۡقًا ٤फेरि सत्य र असत्यलाई अलग–अलग टुक्रा–टुक्रा गरिदिने فَٱلۡمُلۡقِيَٰتِ ذِكۡرًا ٥र वह्य ल्याउने फरिश्ताहरूको कसम । عُذۡرًا أَوۡ نُذۡرًا ٦जुन वहय दोष उतार्ने वा सावधान गर्नको निम्ति हुन्छ । إِنَّمَا تُوعَدُونَ لَوَٰقِعٌ ٧जुन कुराको तिमीलाई वचन दिइन्छ त्यो निश्चय नै पूरा हुनेवाला छ । فَإِذَا ٱلنُّجُومُ طُمِسَتۡ ٨अतः जब ताराहरूलाई प्रकाशहीन गरिदिइनेछ । وَإِذَا ٱلسَّمَآءُ فُرِجَتۡ ٩र जब आकाश क्षतविक्षत गरिदिइनेछ । وَإِذَا ٱلۡجِبَالُ نُسِفَتۡ ١٠र जब पर्वतहरू टुक्रा–टुक्रा गरी उडाइदिइने छन् । وَإِذَا ٱلرُّسُلُ أُقِّتَتۡ ١١र जब रसूलहरूलाई निर्धारित समयमा ल्याइनेछ । لِأَيِّ يَوۡمٍ أُجِّلَتۡ ١٢कुन दिनको निम्ति (यी सबैलाई) स्थगित गरिएको छ لِيَوۡمِ ٱلۡفَصۡلِ ١٣फैसलाको दिनको निम्ति । وَمَآ أَدۡرَىٰكَ مَا يَوۡمُ ٱلۡفَصۡلِ ١٤र तिमीलाई के थाहा कि फैसलाको दिन के हो وَيۡلٌ يَوۡمَئِذٍ لِّلۡمُكَذِّبِينَ ١٥बर्बादी हुन्छ त्यस दिन असत्य ठहराउनेहरूको निम्ति । أَلَمۡ نُهۡلِكِ ٱلۡأَوَّلِينَ ١٦के हामीले पहिलाका मानिसहरूलाई नष्ट गरेनौं ثُمَّ نُتۡبِعُهُمُ ٱلۡأٓخِرِينَ ١٧अनि हामीले उनीहरूकोपछि पछिकालाई ल्यायौं । كَذَٰلِكَ نَفۡعَلُ بِٱلۡمُجۡرِمِينَ ١٨हामीले अपराधीहरूसित यस्तै गर्दैछौं । وَيۡلٌ يَوۡمَئِذٍ لِّلۡمُكَذِّبِينَ ١٩त्यो दिन असत्य ठहराउनेहरूको निम्ति अफशोच छ । أَلَمۡ نَخۡلُقكُّم مِّن مَّآءٍ مَّهِينٍ ٢٠के हामीले तिमीलाई तुच्छ जल(वीर्य) बाट सृष्टि गरेनौं فَجَعَلۡنَٰهُ فِي قَرَارٍ مَّكِينٍ ٢١अनि हामीले त्यसलाई बलियो र सुरक्षित ठाउँमा राख्यौं । إِلَىٰ قَدَرٍ مَّعۡلُومٍ ٢٢एउटा निश्चित समयसम्म । فَقَدَرۡنَا فَنِعۡمَ ٱلۡقَٰدِرُونَ ٢٣फेरि हामीले अनुमान गर्यौं र हामी सर्वोत्तम अनुमान गर्नेवाला हौं । وَيۡلٌ يَوۡمَئِذٍ لِّلۡمُكَذِّبِينَ ٢٤विनाश छ त्यस दिन असत्य ठहरउनेहरूको निम्ति । أَلَمۡ نَجۡعَلِ ٱلۡأَرۡضَ كِفَاتًا ٢٥के हामीले धरतीलाई समेटनेवाला बनाएनौं أَحۡيَآءً وَأَمۡوَٰتًا ٢٦जीवितलाई र मृतहरूलाई पनि । وَجَعَلۡنَا فِيهَا رَوَٰسِيَ شَٰمِخَٰتٍ وَأَسۡقَيۡنَٰكُم مَّآءً فُرَاتًا ٢٧र त्यसमाथि हामीले अग्ला–अग्ला पर्वतहरू स्थापित गर्यौं । र तिमीहरूलाई संतुष्ट गर्ने मीठो पानी पिलायौं وَيۡلٌ يَوۡمَئِذٍ لِّلۡمُكَذِّبِينَ ٢٨त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति खराबी (विनाश) छ । ٱنطَلِقُوٓاْ إِلَىٰ مَا كُنتُم بِهِۦ تُكَذِّبُونَ ٢٩जुन कुरोलाई तिमीले असत्य ठहर्याउँथ्यौ सोही नर्कतिर हिंड ٱنطَلِقُوٓاْ إِلَىٰ ظِلٍّ ذِي ثَلَٰثِ شُعَبٍ ٣٠त्यस छायाँतिर हिंड जसका तीनवटा हाँगाहरू छन् لَّا ظَلِيلٍ وَلَا يُغۡنِي مِنَ ٱللَّهَبِ ٣١जो वास्तवमा न छायाँ दिन्छ, न त रापबाट सुरक्षा । إِنَّهَا تَرۡمِي بِشَرَرٍ كَٱلۡقَصۡرِ ٣٢निःसन्देह नर्क आगोको झिल्का फ्याक्दछ जुन(ठूलो) किल्ला जस्ता हुन्छन् । كَأَنَّهُۥ جِمَٰلَتٌ صُفۡرٌ ٣٣त्यो पहेलो रंगका ऊँटहरू जस्तो लाग्छ । وَيۡلٌ يَوۡمَئِذٍ لِّلۡمُكَذِّبِينَ ٣٤आज असत्य ठहर्याउनेहरूको निम्ति दुर्गति छ । هَٰذَا يَوۡمُ لَا يَنطِقُونَ ٣٥आजको दिन त्यो दिन हो कि यिनीहरू बोल्न पनि सक्दैनन् । وَلَا يُؤۡذَنُ لَهُمۡ فَيَعۡتَذِرُونَ ٣٦नत उनलाई गलती स्वीकार गरी क्षमायाचना गर्न अनुमति दिइनेछ । وَيۡلٌ يَوۡمَئِذٍ لِّلۡمُكَذِّبِينَ ٣٧त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति खराबी छ । هَٰذَا يَوۡمُ ٱلۡفَصۡلِۖ جَمَعۡنَٰكُمۡ وَٱلۡأَوَّلِينَ ٣٨यो फैसलाको दिन हो, (जसमा) हामीले तिमीलाई र पहिलाका मानिसहरूलाई एकत्रित गरेका छौं । فَإِن كَانَ لَكُمۡ كَيۡدٌ فَكِيدُونِ ٣٩तसर्थ यदि तिमी मसँग कुनै चाल चल्न सक्छौ भने चलिहाल । وَيۡلٌ يَوۡمَئِذٍ لِّلۡمُكَذِّبِينَ ٤٠त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति अफशोच छ । إِنَّ ٱلۡمُتَّقِينَ فِي ظِلَٰلٍ وَعُيُونٍ ٤١निश्चय नै संयमीहरू छायाँ र झरनाहरूमा हुनेछन् । وَفَوَٰكِهَ مِمَّا يَشۡتَهُونَ ٤٢र ती फलहरूको बीचमा जुन उनीहरूले रुचाउँछन् । كُلُواْ وَٱشۡرَبُواْ هَنِيٓـَٔۢا بِمَا كُنتُمۡ تَعۡمَلُونَ ٤٣(हे स्वर्गबासीहरू) जुन कर्म तिमीले गर्दै थियौ, त्यसको प्रतिफलस्वरूप आनन्दसित खाऊ र पिऊ । إِنَّا كَذَٰلِكَ نَجۡزِي ٱلۡمُحۡسِنِينَ ٤٤हामीले भलाई गर्नेवालाहरूको निम्ति यस्तै प्रतिफल दिने गर्दछौं । وَيۡلٌ يَوۡمَئِذٍ لِّلۡمُكَذِّبِينَ ٤٥यो दिन असत्यवादीहरूको निम्ति विनाश छ । كُلُواْ وَتَمَتَّعُواْ قَلِيلًا إِنَّكُم مُّجۡرِمُونَ ٤٦(हे नास्तिकहरू) तिमी अलि खाइहाल र आनन्द गरिहाल, वास्तवमा तिमी अपराधी हौ । وَيۡلٌ يَوۡمَئِذٍ لِّلۡمُكَذِّبِينَ ٤٧त्यस दिन असत्य ठहराउनेहरूको निम्ति ठूलो विनाश छ । وَإِذَا قِيلَ لَهُمُ ٱرۡكَعُواْ لَا يَرۡكَعُونَ ٤٨जब उनीसित भनिन्छ कि (अल्लाहको अगाडि) नतमस्तक होऊ, त हुँदैनन् । وَيۡلٌ يَوۡمَئِذٍ لِّلۡمُكَذِّبِينَ ٤٩त्यस दिन असत्यवादीहरूको निम्ति बर्बादी छ । فَبِأَيِّ حَدِيثِۭ بَعۡدَهُۥ يُؤۡمِنُونَ ٥٠अब यस कुरआन पश्चात उनीहरूले कुन कुरोमा ईमान ल्याउनेछन्

Translation: Ahl Al Hadith Central Society Of Nepal.