Millat al-Islam

Chapter 53 · 62 verses · Ahl Al Hadith Central Society Of Nepal

Surah An-Najm in Nepali

Arabic with tafsir Listen to Surah An-Najm (1285 reciters)
Meccanسورة النجم62 verses

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

وَٱلنَّجۡمِ إِذَا هَوَىٰ ١ताराको कसम, जब त्यो तल खस्छ । مَا ضَلَّ صَاحِبُكُمۡ وَمَا غَوَىٰ ٢तिम्रो साथी (मुहम्मद ) न त बाटो बिर्सेका छन् न भ्रमित छन् । وَمَا يَنطِقُ عَنِ ٱلۡهَوَىٰٓ ٣र उनी आफ्नो इच्छाले केही भन्दैनन् । إِنۡ هُوَ إِلَّا وَحۡيٌ يُوحَىٰ ٤त्यो त मात्र वह्य हो जुन (उनीमाथि) पठाइँदै छ । عَلَّمَهُۥ شَدِيدُ ٱلۡقُوَىٰ ٥उनलाई ठूलो शक्तिवाला अल्लाहको दूत (जिब्रील) ले सिकाएको छ । ذُو مِرَّةٍ فَٱسۡتَوَىٰ ٦त्यो शक्तिशाली छ अनि उनी सिधा ठाडो भइहाले وَهُوَ بِٱلۡأُفُقِ ٱلۡأَعۡلَىٰ ٧र उनी आकाशको उच्चतम भागमा थिए । ثُمَّ دَنَا فَتَدَلَّىٰ ٨अनि उनी निकट भए र उतरी आए । فَكَانَ قَابَ قَوۡسَيۡنِ أَوۡ أَدۡنَىٰ ٩अब कमानको बीचको दूरी बाँकी रह्यो वा त्योभन्दा पनि कम । فَأَوۡحَىٰٓ إِلَىٰ عَبۡدِهِۦ مَآ أَوۡحَىٰ ١٠अनि अल्लाहले आफ्नो दासतिर जुन ‘‘वह्य’ पठाउनु थियो पठायो । مَا كَذَبَ ٱلۡفُؤَادُ مَا رَأَىٰٓ ١١जे जति उनले देखे, उनको हृदयले त्यसलाई झूठ ठानेन । أَفَتُمَٰرُونَهُۥ عَلَىٰ مَا يَرَىٰ ١٢के जेजति उनी देख्छन् तिमी त्यसमा उनीसित विवाद गर्छौ وَلَقَدۡ رَءَاهُ نَزۡلَةً أُخۡرَىٰ ١٣र (उनले) उसलाई एकपटक पहिले पनि देखेका थिए । عِندَ سِدۡرَةِ ٱلۡمُنتَهَىٰ ١٤अन्तिम सीमाको बैरको रुख नजिक (अर्थात् सिदरतुल् मुन्तहा नजिक) । عِندَهَا جَنَّةُ ٱلۡمَأۡوَىٰٓ ١٥त्यसैको निकटमा बासस्थानवाली जन्नत (जन्नतुल् मावा) छ । إِذۡ يَغۡشَى ٱلسِّدۡرَةَ مَا يَغۡشَىٰ ١٦त्यस बैरको रुखलाई ढाकेको थियो जे उसमाथि छाइरहेको थियो । مَا زَاغَ ٱلۡبَصَرُ وَمَا طَغَىٰ ١٧उनको दृष्टि नत अरुतिर गयो र न (सीमाभन्दा) अगाडि बढ्यो । لَقَدۡ رَأَىٰ مِنۡ ءَايَٰتِ رَبِّهِ ٱلۡكُبۡرَىٰٓ ١٨उनले निश्चय नै आफ्नो पालनकर्ताका ठूला–ठूला निशानीहरूमध्ये केही देखे । أَفَرَءَيۡتُمُ ٱللَّٰتَ وَٱلۡعُزَّىٰ ١٩के तिमीहरू लात र उज्जालाई देख्यौ وَمَنَوٰةَ ٱلثَّالِثَةَ ٱلۡأُخۡرَىٰٓ ٢٠र तेस्रो अन्तिम मनात (देवीको मूर्ति) लाई أَلَكُمُ ٱلذَّكَرُ وَلَهُ ٱلۡأُنثَىٰ ٢١के तिम्रो निम्ति छोराहरू छन् र अल्लाहको निम्ति छोरीहरू تِلۡكَ إِذًا قِسۡمَةٌ ضِيزَىٰٓ ٢٢यो विभाजन त बेढंग र अन्यायपूर्ण छ । إِنۡ هِيَ إِلَّآ أَسۡمَآءٌ سَمَّيۡتُمُوهَآ أَنتُمۡ وَءَابَآؤُكُم مَّآ أَنزَلَ ٱللَّهُ بِهَا مِن سُلۡطَٰنٍۚ إِن يَتَّبِعُونَ إِلَّا ٱلظَّنَّ وَمَا تَهۡوَى ٱلۡأَنفُسُۖ وَلَقَدۡ جَآءَهُم مِّن رَّبِّهِمُ ٱلۡهُدَىٰٓ ٢٣उनीहरू त मात्र केही नामहरू हुन् जुन तिमीले र तिम्रो बाउबाजेले राखेका छन्, अल्लाहले त उनीहरूको निम्ति कुनै प्रमाण पठाएको छैन । उनीहरू त मात्र अड्कल र आफ्नो इच्छापूर्तिको पछाडि हिंडिराखेका छन् र निश्चय नै उनको पालनकर्ताको तर्फबाट मार्गदर्शन आइसकेको छ । أَمۡ لِلۡإِنسَٰنِ مَا تَمَنَّىٰ ٢٤के प्रत्येक मानिसले जुन कुराको कामना गर्दछ, त्यो सबै उसलाई प्राप्त छ فَلِلَّهِ ٱلۡأٓخِرَةُ وَٱلۡأُولَىٰ ٢٥आखिर यस संसारको र परलोकको स्वामी त अल्लाह नै हो । ۞ وَكَم مِّن مَّلَكٍ فِي ٱلسَّمَٰوَٰتِ لَا تُغۡنِي شَفَٰعَتُهُمۡ شَيۡـًٔا إِلَّا مِنۢ بَعۡدِ أَن يَأۡذَنَ ٱللَّهُ لِمَن يَشَآءُ وَيَرۡضَىٰٓ ٢٦र आकाशहरूमा यसो धेरै फरिश्ताहरू छन्, कि उनीहरूको सिफारिश कुनै काम लाग्नेछैन, यो अर्कै कुरा छ कि अल्लाह आफ्नो इच्छाले आफू खुशी जसलाई चाहन्छ अनुमति दिन्छ । إِنَّ ٱلَّذِينَ لَا يُؤۡمِنُونَ بِٱلۡأٓخِرَةِ لَيُسَمُّونَ ٱلۡمَلَٰٓئِكَةَ تَسۡمِيَةَ ٱلۡأُنثَىٰ ٢٧निःसन्देह जुन मानिसहरू आखिरतमाथि ईमान राख्दैनन्, उनीहरूले फरिश्ताहरूलाई स्त्रिीहरूको नाम दिन्छन् । وَمَا لَهُم بِهِۦ مِنۡ عِلۡمٍۖ إِن يَتَّبِعُونَ إِلَّا ٱلظَّنَّۖ وَإِنَّ ٱلظَّنَّ لَا يُغۡنِي مِنَ ٱلۡحَقِّ شَيۡـًٔا ٢٨जब कि उनीहरूलाई यस विषयमा केही थाहा छैन । उनीहरू त मात्र आफ्नो अड्कलवाजीको पछाडि हिंड्छन् र अनुमानले वास्तविकताको दाँजोमा केही काम गर्दैन । فَأَعۡرِضۡ عَن مَّن تَوَلَّىٰ عَن ذِكۡرِنَا وَلَمۡ يُرِدۡ إِلَّا ٱلۡحَيَوٰةَ ٱلدُّنۡيَا ٢٩तसर्थ जो हाम्रो स्मरणबाट विमुख छन् र संसारिक जीवन बाहेक अरु केही चाहदैनन् । त्यसबाट तपाई पनि विमुख भइहाल्नुस् । ذَٰلِكَ مَبۡلَغُهُم مِّنَ ٱلۡعِلۡمِۚ إِنَّ رَبَّكَ هُوَ أَعۡلَمُ بِمَن ضَلَّ عَن سَبِيلِهِۦ وَهُوَ أَعۡلَمُ بِمَنِ ٱهۡتَدَىٰ ٣٠यस्ता मानिसहरूको ज्ञानको पहुँच यहीँसम्म छ । निश्चय नै तपाईको पालनकर्ता त्यसलाई राम्रोसंग जान्दछ, जो उसको मार्गबाट विचलित भएको छ, र उही नै उसलाई पनि राम्ररी जान्दछ जसले (सोझो) मार्ग अपनायो । وَلِلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِ لِيَجۡزِيَ ٱلَّذِينَ أَسَٰٓـُٔواْ بِمَا عَمِلُواْ وَيَجۡزِيَ ٱلَّذِينَ أَحۡسَنُواْ بِٱلۡحُسۡنَى ٣١र जे–जति आकाशहरूमा छ र जे–जति धरतीमा छ सबै अल्लाहकै हो, ताकि जसले नराम्रो कर्म गर्यो, उनीहरूलाई त्यसको प्रतिफल देओस् । र जुन मानिसहरूले असल कर्म गरे, उनीहरूलाई राम्रो प्रतिफल प्रदान गरोस् । ٱلَّذِينَ يَجۡتَنِبُونَ كَبَٰٓئِرَ ٱلۡإِثۡمِ وَٱلۡفَوَٰحِشَ إِلَّا ٱللَّمَمَۚ إِنَّ رَبَّكَ وَٰسِعُ ٱلۡمَغۡفِرَةِۚ هُوَ أَعۡلَمُ بِكُمۡ إِذۡ أَنشَأَكُم مِّنَ ٱلۡأَرۡضِ وَإِذۡ أَنتُمۡ أَجِنَّةٌ فِي بُطُونِ أُمَّهَٰتِكُمۡۖ فَلَا تُزَكُّوٓاْ أَنفُسَكُمۡۖ هُوَ أَعۡلَمُ بِمَنِ ٱتَّقَىٰٓ ٣٢जुन मानिसहरू ठूला–ठूला पाप र अश्लील कर्महरूबाट पन्छिन्छन्, केही साना–तिना पाप बाहेक । निश्चय नै तिम्रो पालनकर्ता क्षमाशीलतामा बडो व्यापक छ । उसले तिमीलाई राम्ररी जान्दछ, जब उसले तिमीलाई माटोबाट सृष्टि गर्यो र जब तिमी आफ्ना आमाहरूको पेटमा भ्रुण अवस्थामा थियौ । तसर्थ आफ्नो मनको पवित्रताको दावी आफै नगर । उसले संयमीहरूलाई राम्ररी जान्दछ । أَفَرَءَيۡتَ ٱلَّذِي تَوَلَّىٰ ٣٣के तपाईले त्यस व्यक्तिलाई देखनु भयो जो विमुख भयो । وَأَعۡطَىٰ قَلِيلًا وَأَكۡدَىٰٓ ٣٤र अलिकति दियो, र कठोर भइहाल्यो (हात रोक्यो) । أَعِندَهُۥ عِلۡمُ ٱلۡغَيۡبِ فَهُوَ يَرَىٰٓ ٣٥के उसलाई परोक्षको ज्ञान छ कि उसले सबथोक देखिराखेको छ أَمۡ لَمۡ يُنَبَّأۡ بِمَا فِي صُحُفِ مُوسَىٰ ٣٦वा जुन कुरो ‘‘मूसाको’’ किताबमा छन्, उनीहरूलाई त्यसको बारेमा थाहा भएन وَإِبۡرَٰهِيمَ ٱلَّذِي وَفَّىٰٓ ٣٧र जुन वफादार इब्राहीमको किताबमा थियो أَلَّا تَزِرُ وَازِرَةٌ وِزۡرَ أُخۡرَىٰ ٣٨कि कुनै पनि व्यक्तिले अरु व्यक्ति (को पाप) को भारी बोक्नेछैन । وَأَن لَّيۡسَ لِلۡإِنسَٰنِ إِلَّا مَا سَعَىٰ ٣٩र यो कि प्रत्येक मानिसको लागी त्यही नै हो जसको निम्ति उसले प्रयास गर्यो । وَأَنَّ سَعۡيَهُۥ سَوۡفَ يُرَىٰ ٤٠र यो कि उसको प्रयास शीघ्र नै देखिनेछ । ثُمَّ يُجۡزَىٰهُ ٱلۡجَزَآءَ ٱلۡأَوۡفَىٰ ٤١अनि उसलाई पूरा प्रतिफल प्रदान गरिनेछ । وَأَنَّ إِلَىٰ رَبِّكَ ٱلۡمُنتَهَىٰ ٤٢र यो कि तपाईको पालनकर्ताकै पासमा पुग्नु छ । وَأَنَّهُۥ هُوَ أَضۡحَكَ وَأَبۡكَىٰ ٤٣र यो कि उसैले हसाउँछ र रुलाउँछ । وَأَنَّهُۥ هُوَ أَمَاتَ وَأَحۡيَا ٤٤र यो कि उसैले मार्दछ र जीवित राख्दछ । وَأَنَّهُۥ خَلَقَ ٱلزَّوۡجَيۡنِ ٱلذَّكَرَ وَٱلۡأُنثَىٰ ٤٥र यो कि उसैले स्त्री र पुरुष (भाले र पोथी) जोडीको सृष्टि गर्यो । مِن نُّطۡفَةٍ إِذَا تُمۡنَىٰ ٤٦(वीर्यको) थोपाबाट जबकि त्यो गर्भमा टपकाइन्छ । وَأَنَّ عَلَيۡهِ ٱلنَّشۡأَةَ ٱلۡأُخۡرَىٰ ٤٧र यो कि (कयामतको दिन) उसैको जिम्मा पुनः उठाउनु छ । وَأَنَّهُۥ هُوَ أَغۡنَىٰ وَأَقۡنَىٰ ٤٨र यो कि उही हो जसले कि धनी र सन्तुष्ट बनाउँछ । وَأَنَّهُۥ هُوَ رَبُّ ٱلشِّعۡرَىٰ ٤٩र यो कि उही शेअरा (अरबहरूका पहिलाको पुज्य तारा)को स्वामी हो । وَأَنَّهُۥٓ أَهۡلَكَ عَادًا ٱلۡأُولَىٰ ٥٠र यो कि उसैले प्राचीन आदलाई नष्ट गर्यो । وَثَمُودَاْ فَمَآ أَبۡقَىٰ ٥١र समूदलाई पनि, अर्थात कसैलाई बाँकी छाडेन । وَقَوۡمَ نُوحٍ مِّن قَبۡلُۖ إِنَّهُمۡ كَانُواْ هُمۡ أَظۡلَمَ وَأَطۡغَىٰ ٥٢र यिनीभन्दा पहिला ‘‘नूहको’’ कौमलाई पनि । कुनै सन्देह छैन कि उनीहरू बडो अत्याचारी र बडो अट्टेरी थिए । وَٱلۡمُؤۡتَفِكَةَ أَهۡوَىٰ ٥٣र पल्टिजाने बस्तीलाई उसैले नष्ट गरिदियो । فَغَشَّىٰهَا مَا غَشَّىٰ ٥٤अनि त्यसलाई छोपिहाल्यो, जसलाई जुन कुराले छोप्नु थियो । فَبِأَيِّ ءَالَآءِ رَبِّكَ تَتَمَارَىٰ ٥٥अनि (हे मानिस) तिमीले आफ्नो पालनकर्ताका कुन–कुन अनुकम्पाको विषयमा विवाद गर्नेछौ هَٰذَا نَذِيرٌ مِّنَ ٱلنُّذُرِ ٱلۡأُولَىٰٓ ٥٦यी (मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) पनि पहिलेका सावधानकर्ताहरू जस्तै एउटा सावधान गर्नेवाला हुन् । أَزِفَتِ ٱلۡأٓزِفَةُ ٥٧आउनेवाला (कयामत) नजिक आइपुग्यो । لَيۡسَ لَهَا مِن دُونِ ٱللَّهِ كَاشِفَةٌ ٥٨त्यस दिनको लुकेका कुरालाई अल्लाह बाहेक कसैले प्रकट गर्नसक्ने छैन । أَفَمِنۡ هَٰذَا ٱلۡحَدِيثِ تَعۡجَبُونَ ٥٩अब के तिमीले यस कुरामा आश्चार्य गर्दछौ وَتَضۡحَكُونَ وَلَا تَبۡكُونَ ٦٠र हाँस्दछौ? र रुँदैनौ وَأَنتُمۡ سَٰمِدُونَ ٦١अपितु तिमी खेलीराखेका छौ । فَٱسۡجُدُواْۤ لِلَّهِۤ وَٱعۡبُدُواْ ۩ ٦٢तसर्थ अल्लाहको अगाडि़ ढोग र उसैको उपासना गर ।

Translation: Ahl Al Hadith Central Society Of Nepal.