بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
سَأَلَ سَآئِلُۢ بِعَذَابٍ وَاقِعٍ ١एउटा माँग्नेवालाले (रसूलसित) त्यो यातना माँग्यो, जुन घटित हुनेवाला छ । لِّلۡكَٰفِرِينَ لَيۡسَ لَهُۥ دَافِعٌ ٢काफिरहरूबाट कसैले त्यसलाई टाल्न सक्नेछैन । مِّنَ ٱللَّهِ ذِي ٱلۡمَعَارِجِ ٣अल्लाहको तर्फबाट हुनेछ, जुन (चढ्नको लागि) सोपानवाला छ । تَعۡرُجُ ٱلۡمَلَٰٓئِكَةُ وَٱلرُّوحُ إِلَيۡهِ فِي يَوۡمٍ كَانَ مِقۡدَارُهُۥ خَمۡسِينَ أَلۡفَ سَنَةٍ ٤जसतिर फरिश्ताहरू र ‘‘रूह’’ चढ्छन् एक दिनमा त्यसको अनुमानित अवधि ५० हजार वर्षको हुनेछ । فَٱصۡبِرۡ صَبۡرًا جَمِيلًا ٥अर्थात् तिमी राम्रो सँग धैर्य गर । إِنَّهُمۡ يَرَوۡنَهُۥ بَعِيدًا ٦निःसन्देह उनीहरूको दृष्टिमा त्यो अजाब टाढा छ । وَنَرَىٰهُ قَرِيبًا ٧र हाम्रो दृष्टिमा नजीक छ । يَوۡمَ تَكُونُ ٱلسَّمَآءُ كَٱلۡمُهۡلِ ٨जुन दिन आकाश जलेको तेल जस्तो भइहाल्नेछ । وَتَكُونُ ٱلۡجِبَالُ كَٱلۡعِهۡنِ ٩र पहाडहरू रंगीन ऊनको जस्ता हुनेछन् وَلَا يَسۡـَٔلُ حَمِيمٌ حَمِيمًا ١٠र कुनै मित्रले कुनै मित्रलाई सोध्नेछैन । يُبَصَّرُونَهُمۡۚ يَوَدُّ ٱلۡمُجۡرِمُ لَوۡ يَفۡتَدِي مِنۡ عَذَابِ يَوۡمِئِذِۭ بِبَنِيهِ ١١(जबकि) एक अर्कालाई अगाडि देखिराखेका हुनेछन् । (त्यस दिन) अपराधीले इच्छा गर्नेछ कि (यातनाको सट्टामा) आफ्ना छोराहरू (देओस्) । وَصَٰحِبَتِهِۦ وَأَخِيهِ ١٢र आफ्नो पत्नी र आफ्नो भाइ وَفَصِيلَتِهِ ٱلَّتِي تُـٔۡوِيهِ ١٣र आफ्नो परिवार जसले उसलाई शरण दिन्थ्यो । وَمَن فِي ٱلۡأَرۡضِ جَمِيعًا ثُمَّ يُنجِيهِ ١٤र जति मानिसहरू धरतीमा छन् सबै कुरा दिन चाहनेछ जसले उसलाई यातनाबाट मुक्त गराइहालोस् । كـَلَّآۖ إِنَّهَا لَظَىٰ ١٥(तर) यस्तो कहिल्यै हुनेछैन, निःसंदेह त्यो प्रज्वलित आगो हो نَزَّاعَةً لِّلشَّوَىٰ ١٦जसले अनुहार र टाउकोको छाला उप्काइदिनेछ تَدۡعُواْ مَنۡ أَدۡبَرَ وَتَوَلَّىٰ ١٧उसले त्यस्तो प्रत्येक मानिसलाई आफूतिर बोलाउनेछ (जसले सत्य धर्मबाट) पिठ्युँ फर्काएर विमुख भए وَجَمَعَ فَأَوۡعَىٰٓ ١٨र धन एकत्रित गरेर थुपारेर राखे ۞ إِنَّ ٱلۡإِنسَٰنَ خُلِقَ هَلُوعًا ١٩निःसन्देह मानिस काँचो मुटुवाला बनाइएको छ । إِذَا مَسَّهُ ٱلشَّرُّ جَزُوعًا ٢٠जब उसलाई कष्ट पुग्छ त आत्तिन्छ । وَإِذَا مَسَّهُ ٱلۡخَيۡرُ مَنُوعًا ٢١तर जब उसलाई राहत (सम्पन्नता) प्राप्त हुन्छ त उसले कन्जूसी देखाउँछ । إِلَّا ٱلۡمُصَلِّينَ ٢٢तर नमाज पढ्नेहरूको कुरा अर्कै छ । ٱلَّذِينَ هُمۡ عَلَىٰ صَلَاتِهِمۡ دَآئِمُونَ ٢٣जसले नमाज नियमित्ताकासाथ पढ्दछन् وَٱلَّذِينَ فِيٓ أَمۡوَٰلِهِمۡ حَقٌّ مَّعۡلُومٌ ٢٤र जसको सम्पत्तिमा(अरुको) हक निश्चित छ لِّلسَّآئِلِ وَٱلۡمَحۡرُومِ ٢٥(अर्थात्) माँग्नेवालाको र नमाँग्नेवालाको पनि وَٱلَّذِينَ يُصَدِّقُونَ بِيَوۡمِ ٱلدِّينِ ٢٦जसले न्यायको दिन(कयामत) माथि ईमान राख्दछ । وَٱلَّذِينَ هُم مِّنۡ عَذَابِ رَبِّهِم مُّشۡفِقُونَ ٢٧र जो आफ्नो पालनकर्ताको यातनाबाट डराउछन् إِنَّ عَذَابَ رَبِّهِمۡ غَيۡرُ مَأۡمُونٍ ٢٨निःसन्देह उनीहरूको पालनकर्ताको यातना यस्तो छैन जसबाट निश्चिन्त रहन सकियोस् । وَٱلَّذِينَ هُمۡ لِفُرُوجِهِمۡ حَٰفِظُونَ ٢٩र जो आफ्नो गुप्ताङ्गहरूको रक्षा गर्दछन् إِلَّا عَلَىٰٓ أَزۡوَٰجِهِمۡ أَوۡ مَا مَلَكَتۡ أَيۡمَٰنُهُمۡ فَإِنَّهُمۡ غَيۡرُ مَلُومِينَ ٣٠तर आफ्ना पत्नीहरू वा दासीहरू बाहेक जुन उनको अधीनस्थ छन् त उनको लागि कुनै अफशोच छैन فَمَنِ ٱبۡتَغَىٰ وَرَآءَ ذَٰلِكَ فَأُوْلَٰٓئِكَ هُمُ ٱلۡعَادُونَ ٣١जसले यो बाहेक अरु चाहन्छन् उनीहरू सीमा उल्लंघन गर्नेवाला हुन् । وَٱلَّذِينَ هُمۡ لِأَمَٰنَٰتِهِمۡ وَعَهۡدِهِمۡ رَٰعُونَ ٣٢र जसले आफूमाथि गरिएका विश्वासहरू र आफूले गरेको वचन र करारको पालना गर्दछन् وَٱلَّذِينَ هُم بِشَهَٰدَٰتِهِمۡ قَآئِمُونَ ٣٣र जो आफ्नो गवाहीमा दृढ रहन्छन् وَٱلَّذِينَ هُمۡ عَلَىٰ صَلَاتِهِمۡ يُحَافِظُونَ ٣٤र जो आफ्नो नमाजको रक्षा गर्दछन् أُوْلَٰٓئِكَ فِي جَنَّٰتٍ مُّكۡرَمُونَ ٣٥यिनै मानिसहरू स्वर्गहरूमा सम्मानपूर्वक रहनेछन् فَمَالِ ٱلَّذِينَ كَفَرُواْ قِبَلَكَ مُهۡطِعِينَ ٣٦फेरि इन्कार गर्नेवालालाई के भएको छ कि दौड्दै आइरहेका छन् عَنِ ٱلۡيَمِينِ وَعَنِ ٱلشِّمَالِ عِزِينَ ٣٧दायाँ र बायाँबाट समुहको रूपमा । أَيَطۡمَعُ كُلُّ ٱمۡرِيٍٕ مِّنۡهُمۡ أَن يُدۡخَلَ جَنَّةَ نَعِيمٍ ٣٨के उनीहरूमध्ये प्रत्येक व्यक्ति, यो लालसा राख्दैछ कि उनी अनुकम्पाबाट परिपूर्ण स्वर्गमा प्रवेश गर्नेछन् كـَلَّآۖ إِنَّا خَلَقۡنَٰهُم مِّمَّا يَعۡلَمُونَ ٣٩त्यस्तो कदापि हुनेछैन । बरु हामीले उनीहरूलाई जुन चिजबाट सृष्टि गरेका छौं, त्यसलाई उनीहरू जान्दछन् । فَلَآ أُقۡسِمُ بِرَبِّ ٱلۡمَشَٰرِقِ وَٱلۡمَغَٰرِبِ إِنَّا لَقَٰدِرُونَ ٤٠अतः केही छैन, म पूर्व र पश्चिमको पलनकर्ताको शपथ लिन्छु कि हामीलाई सामथ्र्य प्राप्त छ । عَلَىٰٓ أَن نُّبَدِّلَ خَيۡرًا مِّنۡهُمۡ وَمَا نَحۡنُ بِمَسۡبُوقِينَ ٤١कि उनीहरूको ठाउँमा उनीहरूभन्दा राम्रो मानिसहरू ल्याऊँ र हामी परास्त हुनेवाला छैनौं । فَذَرۡهُمۡ يَخُوضُواْ وَيَلۡعَبُواْ حَتَّىٰ يُلَٰقُواْ يَوۡمَهُمُ ٱلَّذِي يُوعَدُونَ ٤٢अतः उनीहरूलाई लडाई–भिडाई गरेको अवस्थामा छाडिदिनुस् । यहाँसम्म कि आफ्नो त्यस दिनसम्म पुगी जाउन् । जसको वाचा उनीहरूसित गरिएको छ । يَوۡمَ يَخۡرُجُونَ مِنَ ٱلۡأَجۡدَاثِ سِرَاعًا كَأَنَّهُمۡ إِلَىٰ نُصُبٍ يُوفِضُونَ ٤٣जुनदिन उनीहरू चिहानबाट तीव्रताको साथ दौड्दै निस्कनेछन् । मानौं कि, कुनै (विशेष) ठाउँतिर दौड्दै गइरहेका छन् । خَٰشِعَةً أَبۡصَٰرُهُمۡ تَرۡهَقُهُمۡ ذِلَّةٌۚ ذَٰلِكَ ٱلۡيَوۡمُ ٱلَّذِي كَانُواْ يُوعَدُونَ ٤٤उनीहरूको आँखा लज्जाले झुकिरहने छन् र अपमान उनीहरूमाथि घेरिराख्नेछ । यो नै त्यो दिन हो, जसको उनीरुसँग वाचा गरिदै थियो ।