ملة الإسلام

السورة 74 · 56 آية · Ahl Al Hadith Central Society Of Nepal

سورة المدثر باللغة النيبالية

السورة بالعربية مع التفسير استمع إلى سورة المدثر (1,220 قارئاً)
مكيةسورة المدثر٥٦ آية

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

يَٰٓأَيُّهَا ٱلۡمُدَّثِّرُ ١हे (मुहम्मद !) लुगा बेर्नेवाला قُمۡ فَأَنذِرۡ ٢उठ र सावधान गरीदिनु । وَرَبَّكَ فَكَبِّرۡ ٣र आफ्नो पालनकर्ताको गरिमा वर्णन गर्नु । وَثِيَابَكَ فَطَهِّرۡ ٤र आफ्ना कपडाहरूलाई पाक–पवित्र राख्नु । وَٱلرُّجۡزَ فَٱهۡجُرۡ ٥फोहोरपनालाई छाडिदिनु । وَلَا تَمۡنُن تَسۡتَكۡثِرُ ٦र भलाई गरेर यसभन्दा बढीलिने इच्छा नगर्नु । وَلِرَبِّكَ فَٱصۡبِرۡ ٧र आफ्नो पालनकर्ताको निम्ति धैर्य गर्नु । فَإِذَا نُقِرَ فِي ٱلنَّاقُورِ ٨जब सूरमा फूँक मारिनेछ । فَذَٰلِكَ يَوۡمَئِذٍ يَوۡمٌ عَسِيرٌ ٩त्यो दिन बडो कठोर दिन हुनेछ । عَلَى ٱلۡكَٰفِرِينَ غَيۡرُ يَسِيرٍ ١٠काफिरहरूको लागि सजिलो हुनेछैन । ذَرۡنِي وَمَنۡ خَلَقۡتُ وَحِيدًا ١١मलाई र त्यसलाई छाडिदेऊ जसलाई मैले एक्लो सृष्टि गरेको छु । وَجَعَلۡتُ لَهُۥ مَالًا مَّمۡدُودًا ١٢र प्रशस्त माल–सम्पत्ति दियौं । وَبَنِينَ شُهُودًا ١٣हरेक समय उसको पासमा उपस्थित रहने सन्तानहरू पनि । وَمَهَّدتُّ لَهُۥ تَمۡهِيدًا ١٤मैले उसलाई हरेक प्रकारको सामग्रीमा प्रशस्तता प्रदान गरें । ثُمَّ يَطۡمَعُ أَنۡ أَزِيدَ ١٥अझै उसले इच्छा गर्दछ कि मैले उसलाई अरु बढी प्रदान गरूँ । كـَلَّآۖ إِنَّهُۥ كَانَ لِأٓيَٰتِنَا عَنِيدًا ١٦यस्तो कदापि हुनेछैन । यो हाम्रो आयतहरूको शत्रु रहदै आएको छ سَأُرۡهِقُهُۥ صَعُودًا ١٧शीघ्र नै मैले उसलाई कठिन उकालोमा उक्लन लगाउने छु । إِنَّهُۥ فَكَّرَ وَقَدَّرَ ١٨उसले सोच्यो र अड्कलले एउटा कुरा बनायो । فَقُتِلَ كَيۡفَ قَدَّرَ ١٩नष्ट होस् उसले कस्तो अड्कल गर्यो ثُمَّ قُتِلَ كَيۡفَ قَدَّرَ ٢٠फेरि त्यो नष्ट होस्, उसले कस्तो अड्कल गर्यो ثُمَّ نَظَرَ ٢١उसले फेरि देख्यो । ثُمَّ عَبَسَ وَبَسَرَ ٢٢फेरि निधार खुम्च्यायो र मुख बिगारिहाल्यो । ثُمَّ أَدۡبَرَ وَٱسۡتَكۡبَرَ ٢٣अनि पिठ्युँ फर्काइ हिंड्यो र घमण्ड गर्यो । فَقَالَ إِنۡ هَٰذَآ إِلَّا سِحۡرٌ يُؤۡثَرُ ٢٤अनि भन्नथाल्यो कि यो त मात्र जादू हो, जुन नक्कल गरिएको छ । إِنۡ هَٰذَآ إِلَّا قَوۡلُ ٱلۡبَشَرِ ٢٥यो मात्र मानिसको वाणी नै हो । سَأُصۡلِيهِ سَقَرَ ٢٦हामीले शीघ्र नै उसलाई नर्कमा हाल्नेछौं । وَمَآ أَدۡرَىٰكَ مَا سَقَرُ ٢٧र तिमीलाई के थाहा कि ‘‘नर्क’’ के हो لَا تُبۡقِي وَلَا تَذَرُ ٢٨(आगो हो) जो न बाँकी राख्नेछ न त छोड्दछ । لَوَّاحَةٌ لِّلۡبَشَرِ ٢٩र शरीरको छालालाई पोलेर कालो बनाइदिनेछ । عَلَيۡهَا تِسۡعَةَ عَشَرَ ٣٠त्यसमा उन्नाइस (फरिश्ता) कार्यकर्ताहरू नियुक्त छन् । وَمَا جَعَلۡنَآ أَصۡحَٰبَ ٱلنَّارِ إِلَّا مَلَٰٓئِكَةًۖ وَمَا جَعَلۡنَا عِدَّتَهُمۡ إِلَّا فِتۡنَةً لِّلَّذِينَ كَفَرُواْ لِيَسۡتَيۡقِنَ ٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ وَيَزۡدَادَ ٱلَّذِينَ ءَامَنُوٓاْ إِيمَٰنًا وَلَا يَرۡتَابَ ٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ وَٱلۡمُؤۡمِنُونَ وَلِيَقُولَ ٱلَّذِينَ فِي قُلُوبِهِم مَّرَضٌ وَٱلۡكَٰفِرُونَ مَاذَآ أَرَادَ ٱللَّهُ بِهَٰذَا مَثَلًاۚ كَذَٰلِكَ يُضِلُّ ٱللَّهُ مَن يَشَآءُ وَيَهۡدِي مَن يَشَآءُۚ وَمَا يَعۡلَمُ جُنُودَ رَبِّكَ إِلَّا هُوَۚ وَمَا هِيَ إِلَّا ذِكۡرَىٰ لِلۡبَشَرِ ٣١र हामीले नर्कको द्वारपालहरू फरिश्ताहरूलाई बनाएका छौं र हामीले उनीहरूको संख्या काफिरहरूको परीक्षाको निम्ति निर्धारित गरेका छौं, यसकारण कि किताबवालाले विश्वास गरुन् र मोमिनहरूको ईमान अरु धेरै बढोस् र किताब मान्नेहरू र मोमिनले शंका नगरुन् र जुन मानिसहरूको हृदयमा रोग छ, उनी र काफिरहरूले भनुन् कि यस दृष्टान्तबाट अल्लाहको के उद्देश्य छ ? यस्तै प्रकारले अल्लाहले जसलाई चाहन्छ, मार्गविचलित गर्दछ र जसलाई चाहन्छ मार्गदर्शन गर्दछ । तिम्रो पालनकर्ताका लस्करहरूलाई उस बाहेक कोही जान्दैन र यो त आदमको सन्ततिको लागि उपदेश र शिक्षा सामग्री हो । كـَلَّا وَٱلۡقَمَرِ ٣٢साँचो भन्दछु (हामीलाई) चाँदको कसम । وَٱلَّيۡلِ إِذۡ أَدۡبَرَ ٣٣र रातको जब कि त्यसले पछाडि हट्दछ । وَٱلصُّبۡحِ إِذَآ أَسۡفَرَ ٣٤र प्रातःकालको जब कि त्यो प्रकाशित भइहालोस् । إِنَّهَا لَإِحۡدَى ٱلۡكُبَرِ ٣٥निश्चय नै नर्क ठूलो कुराहरूमध्ये एक हो । نَذِيرًا لِّلۡبَشَرِ ٣٦मानिसहरूको निम्ति भयको कारण । لِمَن شَآءَ مِنكُمۡ أَن يَتَقَدَّمَ أَوۡ يَتَأَخَّرَ ٣٧तीमध्ये त्यस व्यक्तिको निम्ति जो अगाडि बढ्न चाहन्छ वा पछाडि हट्न चाहन्छ । كُلُّ نَفۡسِۭ بِمَا كَسَبَتۡ رَهِينَةٌ ٣٨हरेक व्यक्ति आफ्नो कर्मको बदलामा धितो राखिएको छ । إِلَّآ أَصۡحَٰبَ ٱلۡيَمِينِ ٣٩तर दायाँ हात वालाहरू । فِي جَنَّٰتٍ يَتَسَآءَلُونَ ٤٠उनीहरू स्वर्गहरूमा बसेका हुनेछन् र प्रश्न गर्नेछन् । عَنِ ٱلۡمُجۡرِمِينَ ٤١अपराधीहरूसँग مَا سَلَكَكُمۡ فِي سَقَرَ ٤٢(कि) तिमीलाई कुन कुरोले नर्कमा ल्यायो قَالُواْ لَمۡ نَكُ مِنَ ٱلۡمُصَلِّينَ ٤٣उनीहरूले जवाफ दिनेछन् कि हामी नमाजी थिएनौं । وَلَمۡ نَكُ نُطۡعِمُ ٱلۡمِسۡكِينَ ٤٤र न निमुखाहरूलाई (मिस्कीनहरूलाई) खाना खुवाउँथ्यौ وَكُنَّا نَخُوضُ مَعَ ٱلۡخَآئِضِينَ ٤٥र हामीले विवाद गर्ने असत्यवादीहरूको साथमा मिलेर व्यस्त हुने गर्दथ्यौं । وَكُنَّا نُكَذِّبُ بِيَوۡمِ ٱلدِّينِ ٤٦र बदलाको दिन (कियामत) लाई असत्य ठहराउँथ्यौ । حَتَّىٰٓ أَتَىٰنَا ٱلۡيَقِينُ ٤٧यहाँसम्म कि हामीलाई मुत्यु आइलाग्यो । فَمَا تَنفَعُهُمۡ شَفَٰعَةُ ٱلشَّٰفِعِينَ ٤٨अतः उनीहरूको हकमा सिफारिश गर्नेहरूको सिफारिशले कुनै फाइदा दिनेछैन । فَمَا لَهُمۡ عَنِ ٱلتَّذۡكِرَةِ مُعۡرِضِينَ ٤٩उनीहरूलाई के भएको छ कि उपदेशबाट मुख फर्काइराखेका छन् । كَأَنَّهُمۡ حُمُرٌ مُّسۡتَنفِرَةٌ ٥٠जस्तो कि तर्सेको गधहा हुन् । فَرَّتۡ مِن قَسۡوَرَةِۭ ٥١जो बाघ देखेर भागेका छन् । بَلۡ يُرِيدُ كُلُّ ٱمۡرِيٍٕ مِّنۡهُمۡ أَن يُؤۡتَىٰ صُحُفًا مُّنَشَّرَةً ٥٢बरु उनीहरूमध्ये प्रत्येक व्यक्ति चाहन्छ कि उसलाई खुल्ला किताबहरू दिइयोस् । كـَلَّاۖ بَل لَّا يَخَافُونَ ٱلۡأٓخِرَةَ ٥٣यस्तो कहिल्यै हुनेछैन । (सत्यता यो छ कि) उनीहरू कयामतबाट निर्भीक छन् । كـَلَّآ إِنَّهُۥ تَذۡكِرَةٌ ٥٤साँचो कुरा त यो हो कि कुरआन एउटा उपदेश हो । فَمَن شَآءَ ذَكَرَهُۥ ٥٥अब जसले चाहन्छ त्यसबाट उपदेश हासिल गरोस् । وَمَا يَذۡكُرُونَ إِلَّآ أَن يَشَآءَ ٱللَّهُۚ هُوَ أَهۡلُ ٱلتَّقۡوَىٰ وَأَهۡلُ ٱلۡمَغۡفِرَةِ ٥٦र त्यतिखेर नै उपदेश हासिल गर्छन् जब अल्लाहले चाहन्छ, ऊ यस योग्य छ कि उसको भय गरियोस् र यस योग्य पनि कि क्षमा गरोस् ।

الترجمة: Ahl Al Hadith Central Society Of Nepal.