بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
وَيۡلٌ لِّلۡمُطَفِّفِينَ ١नाप र तौलमा कमी गर्नेहरूलाई ठूलो खराबी छ । ٱلَّذِينَ إِذَا ٱكۡتَالُواْ عَلَى ٱلنَّاسِ يَسۡتَوۡفُونَ ٢जब मानिसहरूसित नापेर लिन्छन्, त पूरा–पूरा लिन्छन् । وَإِذَا كَالُوهُمۡ أَو وَّزَنُوهُمۡ يُخۡسِرُونَ ٣किन्तु जब उनीहरूलाई नापेर वा तौलेर दिन्छन् त घटाएर दिन्छन् । أَلَا يَظُنُّ أُوْلَٰٓئِكَ أَنَّهُم مَّبۡعُوثُونَ ٤के यिनीहरूलाई थाहा छैन कि उनीहरू मरेपछि पक्कै जीवित पारी उठाइनेछन् । لِيَوۡمٍ عَظِيمٍ ٥(अर्थात्) एउटा ठूलो दिनमा । يَوۡمَ يَقُومُ ٱلنَّاسُ لِرَبِّ ٱلۡعَٰلَمِينَ ٦जुन दिन सबै मानिसहरू पालनकर्ताको सामुन्ने उभिनेछन् كـَلَّآ إِنَّ كِتَٰبَ ٱلۡفُجَّارِ لَفِي سِجِّينٍ ٧निःसन्देह दुराचारीहरूको किताब (कर्मपत्रहरू) ‘‘सिज्जीनमा’’ छ । وَمَآ أَدۡرَىٰكَ مَا سِجِّينٌ ٨र तिमीलाई के थाहा कि सिज्जीन के हो كِتَٰبٌ مَّرۡقُومٌ ٩यो त लेखिएको पंज्जिका हो । وَيۡلٌ يَوۡمَئِذٍ لِّلۡمُكَذِّبِينَ ١٠त्यस दिन झूठा ठहराउनेहरूलाई ठूलो खराबी (धिक्कार) छ । ٱلَّذِينَ يُكَذِّبُونَ بِيَوۡمِ ٱلدِّينِ ١١जसले निसाफको दिनलाई असत्य भन्दथे । وَمَا يُكَذِّبُ بِهِۦٓ إِلَّا كُلُّ مُعۡتَدٍ أَثِيمٍ ١٢र त्यसलाई झूठो उनीहरूले मात्र ठहराउँछन्, जो सीमाअतिक्रमण गर्नेवाला अपराधी छन् । إِذَا تُتۡلَىٰ عَلَيۡهِ ءَايَٰتُنَا قَالَ أَسَٰطِيرُ ٱلۡأَوَّلِينَ ١٣जब उसलाई हाम्रा आयतहरू सुनाइन्छ त भन्दछ कि यो त पहिलाका मानिसहरूका कथाहरू हुन् । كـَلَّاۖ بَلۡۜ رَانَ عَلَىٰ قُلُوبِهِم مَّا كَانُواْ يَكۡسِبُونَ ١٤यो होइन, अपितु जसले नराम्रो कर्महरू गर्दछन्, त्यसकारण उनका हृदयहरूमा खिया लागिसकेको हुन्छ । كـَلَّآ إِنَّهُمۡ عَن رَّبِّهِمۡ يَوۡمَئِذٍ لَّمَحۡجُوبُونَ ١٥निःसन्देह यिनीहरू त्यस दिन आफ्नो पालनकर्ताको दर्शनबाट वंचित हुन्छन् । ثُمَّ إِنَّهُمۡ لَصَالُواْ ٱلۡجَحِيمِ ١٦फेरि निःसन्देह यिनीहरू नर्कमा प्रवेश गर्नेछन् । ثُمَّ يُقَالُ هَٰذَا ٱلَّذِي كُنتُم بِهِۦ تُكَذِّبُونَ ١٧त्यसपछि (उनीसित) भनिनेछ कि यो त्यही कुरा हो, जसलाई तिमीहरूले असत्य ठहराउन्थ्यौ । كـَلَّآ إِنَّ كِتَٰبَ ٱلۡأَبۡرَارِ لَفِي عِلِّيِّينَ ١٨निःसन्देह सुनिराख कि सत्कर्मीहरूको कर्मपात्र ‘‘इल्लीयीनमा’’ छन् । وَمَآ أَدۡرَىٰكَ مَا عِلِّيُّونَ ١٩र तिमीलाई के थाहा कि इल्लीयीन के हो كِتَٰبٌ مَّرۡقُومٌ ٢٠त्यो त लेखिएको किताब हो । يَشۡهَدُهُ ٱلۡمُقَرَّبُونَ ٢١सामीप्यप्राप्त फरिश्ताहरू त्यसको निरीक्षण गर्दछन् । إِنَّ ٱلۡأَبۡرَارَ لَفِي نَعِيمٍ ٢٢निःसन्देह भलादमीहरू ठूलो अनुग्रहमा हुनेछन् । عَلَى ٱلۡأَرَآئِكِ يَنظُرُونَ ٢٣पलंगहरूमाथि हेरिराखेका मसहरीहरूबाट हेर्नेछन् । تَعۡرِفُ فِي وُجُوهِهِمۡ نَضۡرَةَ ٱلنَّعِيمِ ٢٤उनीहरूको अनुहारबाटै तिमीलाई ती अनुग्रहहरूको ताजगी र आभाको बोध भइरहनेछ । يُسۡقَوۡنَ مِن رَّحِيقٍ مَّخۡتُومٍ ٢٥उनीहरूलाई शीलबन्दी विशुद्ध पेय पिलाइनेछ । خِتَٰمُهُۥ مِسۡكٌۚ وَفِي ذَٰلِكَ فَلۡيَتَنَافَسِ ٱلۡمُتَنَٰفِسُونَ ٢٦जसको शील कस्तुरी को हुनेछ । तसर्थ अनुकम्पा चाहनेले उसैलाई प्राप्त गर्नुमा प्रतिस्पर्धा गर्नुपर्छ । وَمِزَاجُهُۥ مِن تَسۡنِيمٍ ٢٧र यसमा तसनीम (स्वर्गको एउटा छहरा) को पनि मिलावट हुनेछ । عَيۡنًا يَشۡرَبُ بِهَا ٱلۡمُقَرَّبُونَ ٢٨त्यो एउटा झरना हो जसको पानी खास खास मानिसहरूले पिउनेछन् । إِنَّ ٱلَّذِينَ أَجۡرَمُواْ كَانُواْ مِنَ ٱلَّذِينَ ءَامَنُواْ يَضۡحَكُونَ ٢٩काफिरहरूले संसारमा मोमिनहरूको हाँसो गर्ने गर्दथे । وَإِذَا مَرُّواْ بِهِمۡ يَتَغَامَزُونَ ٣٠र उनको पासबाट आवत जावतगर्दा त आँखाबाट संकेत गर्दथे । وَإِذَا ٱنقَلَبُوٓاْ إِلَىٰٓ أَهۡلِهِمُ ٱنقَلَبُواْ فَكِهِينَ ٣١र जब आफ्नो घरतिर फर्कन्थे त ठट्टा गर्ने गर्दथे । وَإِذَا رَأَوۡهُمۡ قَالُوٓاْ إِنَّ هَٰٓؤُلَآءِ لَضَآلُّونَ ٣٢र जब ती (मोमिनहरूलाई) देख्दथे त भन्दथे कि यिनीहरू पक्कै मार्गविचलित छन् وَمَآ أُرۡسِلُواْ عَلَيۡهِمۡ حَٰفِظِينَ ٣٣जबकि उनीहरूलाई यिनीहरूमाथि निरीक्षक बनाएर पठाइएको थिएन । فَٱلۡيَوۡمَ ٱلَّذِينَ ءَامَنُواْ مِنَ ٱلۡكُفَّارِ يَضۡحَكُونَ ٣٤तसर्थ आज मोमिनहरूले ती काफिरहरूमाथि हाँसो गर्नेछन् । عَلَى ٱلۡأَرَآئِكِ يَنظُرُونَ ٣٥मसनदहरूमाथि (बसी उनीहरूको अवस्था) देखिराखेका हुनेछन् । هَلۡ ثُوِّبَ ٱلۡكُفَّارُ مَا كَانُواْ يَفۡعَلُونَ ٣٦अतः काफिरहरूलाई उनीहरूका कर्महरूको (पूरा–पूरा) प्रतिफल प्राप्त भइहाल्यो ।