بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
إِذَا وَقَعَتِ ٱلۡوَاقِعَةُ ١जब कयामत घटित भइहाल्ने छ । لَيۡسَ لِوَقۡعَتِهَا كَاذِبَةٌ ٢त्यसको घटित हुने कुरामा केही असत्य छैन । خَافِضَةٌ رَّافِعَةٌ ٣कसैलाई तल झार्ने, कसैलाई माथि उचाल्ने हुनेछ । إِذَا رُجَّتِ ٱلۡأَرۡضُ رَجًّا ٤जब धरती भूकम्पको साथ कम्पित गराइनेछ । وَبُسَّتِ ٱلۡجِبَالُ بَسًّا ٥र पहाडहरू फुटालेर साना–साना कणमा परिणत गराइनेछन् । فَكَانَتۡ هَبَآءً مُّنۢبَثًّا ٦अनि तिनीहरू धुलो जस्तो भई उड्न थाल्नेछन् । وَكُنتُمۡ أَزۡوَٰجًا ثَلَٰثَةً ٧र तिमीहरू तीन समूहमा परिणत हुनेछौ । فَأَصۡحَٰبُ ٱلۡمَيۡمَنَةِ مَآ أَصۡحَٰبُ ٱلۡمَيۡمَنَةِ ٨त दाहिना हातवाला, दाहिना हातवाला कस्तो सौभाग्यशाली छन् । وَأَصۡحَٰبُ ٱلۡمَشۡـَٔمَةِ مَآ أَصۡحَٰبُ ٱلۡمَشۡـَٔمَةِ ٩र बाँया हातवाला अफशोच बाँया हातवालाको कस्तो हालत छ । وَٱلسَّٰبِقُونَ ٱلسَّٰبِقُونَ ١٠र जो अगाडिवाला छन् उनीहरू त अगाडिवाला नै हुन् । أُوْلَٰٓئِكَ ٱلۡمُقَرَّبُونَ ١١तिनीहरू बिल्कुल (अल्लाहको) सामिप्यता प्राप्त हुन् । فِي جَنَّٰتِ ٱلنَّعِيمِ ١٢अनुकम्पाले भरिएको जन्नतमा छन् । ثُلَّةٌ مِّنَ ٱلۡأَوَّلِينَ ١٣धेरै ठूलो समूह त अघिका मानिसहरूको हुनेछ । وَقَلِيلٌ مِّنَ ٱلۡأٓخِرِينَ ١٤र थोरै पछिकाहरूमध्येबाट । عَلَىٰ سُرُرٍ مَّوۡضُونَةٍ ١٥यिनीहरू सुनका तारहरूले बनेका पलंगहरूमाथि । مُّتَّكِـِٔينَ عَلَيۡهَا مُتَقَٰبِلِينَ ١٦एक अर्काको सामुन्ने तकिया लगाएर बसेका हुनेछन् । يَطُوفُ عَلَيۡهِمۡ وِلۡدَٰنٌ مُّخَلَّدُونَ ١٧उनको पासमा किशोरहरू जो सधैं (बालक नै रहनेछन्) आउंदैजांदै गर्नेछन् । بِأَكۡوَابٍ وَأَبَارِيقَ وَكَأۡسٍ مِّن مَّعِينٍ ١٨अर्थात् प्याला र जगमा स्वादिलो पेयले भरिएको पात्र लिएर हिंडिरहने छन् । لَّا يُصَدَّعُونَ عَنۡهَا وَلَا يُنزِفُونَ ١٩जसबाट न त टाउकोमा दर्द हुनेछ र न उनको बुद्धिमा विकार आउनेछ । وَفَٰكِهَةٍ مِّمَّا يَتَخَيَّرُونَ ٢٠र त्यस्ता फलहरूको साथ जुन कि उनले रुचाउँछन् । وَلَحۡمِ طَيۡرٍ مِّمَّا يَشۡتَهُونَ ٢١र पंक्षीका मासु जुन तिनीहरूले रुचाउँछन् । وَحُورٌ عِينٌ ٢٢र ठूला–ठूला आँखा भएकी (अप्सरा) हरू كَأَمۡثَٰلِ ٱللُّؤۡلُوِٕ ٱلۡمَكۡنُونِ ٢٣जो लुकेको मोती जस्ती हुनेछिन् । جَزَآءَۢ بِمَا كَانُواْ يَعۡمَلُونَ ٢٤यो उनीहरूको कर्मको प्रतिफल हो । لَا يَسۡمَعُونَ فِيهَا لَغۡوًا وَلَا تَأۡثِيمًا ٢٥त्यहाँ न व्यर्थका कुरा सुन्नेछन् र न गुनाहका । إِلَّا قِيلًا سَلَٰمًا سَلَٰمًا ٢٦उनीहरूको आपसमा सलामको आदान–प्रदान मात्र हुनेछ । وَأَصۡحَٰبُ ٱلۡيَمِينِ مَآ أَصۡحَٰبُ ٱلۡيَمِينِ ٢٧र दाहिना हातवालाहरू निकै (भाग्यशाली) हुनेछन् । فِي سِدۡرٍ مَّخۡضُودٍ ٢٨उनी काँडा नभएका बयरहरू وَطَلۡحٍ مَّنضُودٍ ٢٩र गुच्छेदार केराहरू وَظِلٍّ مَّمۡدُودٍ ٣٠र परसम्म फैलिएका छाँयाहरू وَمَآءٍ مَّسۡكُوبٍ ٣١र पानीका झरनाहरू وَفَٰكِهَةٍ كَثِيرَةٍ ٣٢र प्रशस्त फलहरूमा (हुनेछन्) لَّا مَقۡطُوعَةٍ وَلَا مَمۡنُوعَةٍ ٣٣जुन कहिल्यै समाप्त हुने छैनन् र उनीबाट कसैले रोक्नेछैन । وَفُرُشٍ مَّرۡفُوعَةٍ ٣٤र अग्ला, अग्ला ओछ्यानमा हुनेछन् । إِنَّآ أَنشَأۡنَٰهُنَّ إِنشَآءً ٣٥हामीले उनीहरूका स्वास्नीहरूलाई विशेष प्रकारले सृष्टि गरेका छौं । فَجَعَلۡنَٰهُنَّ أَبۡكَارًا ٣٦अनि उनीहरूलाई हामीले कुमारी (पवित्र) बनायौं । عُرُبًا أَتۡرَابًا ٣٧समान उमेरकी र मायालु । لِّأَصۡحَٰبِ ٱلۡيَمِينِ ٣٨दाहिने हातवालाहरूको निम्ति हुन् । ثُلَّةٌ مِّنَ ٱلۡأَوَّلِينَ ٣٩यिनीहरूमा अघिल्लामध्येका पनि धेरै हुनेछन् । وَثُلَّةٌ مِّنَ ٱلۡأٓخِرِينَ ٤٠र पछिल्लामध्येका पनि धेरै हुनेछन् وَأَصۡحَٰبُ ٱلشِّمَالِ مَآ أَصۡحَٰبُ ٱلشِّمَالِ ٤١र बाँया हातवालाहरू, (अफशोच) बाँया हातवाला कस्ता छन् । فِي سَمُومٍ وَحَمِيمٍ ٤٢गर्म (तातो) हवा र उम्लिराखेको पानीमा हुनेछन् । وَظِلٍّ مِّن يَحۡمُومٍ ٤٣र कालो धुवाँको छाँयामा لَّا بَارِدٍ وَلَا كَرِيمٍ ٤٤जुन न चिसो छ न रुचाउने योग्य । إِنَّهُمۡ كَانُواْ قَبۡلَ ذَٰلِكَ مُتۡرَفِينَ ٤٥निःसंदेह उनीहरू यसभन्दा पहिला धेरै सुख सुविधामा थिए । وَكَانُواْ يُصِرُّونَ عَلَى ٱلۡحِنثِ ٱلۡعَظِيمِ ٤٦र ठूला–ठूला पापहरू गर्दै बसेका थिए وَكَانُواْ يَقُولُونَ أَئِذَا مِتۡنَا وَكُنَّا تُرَابًا وَعِظَٰمًا أَءِنَّا لَمَبۡعُوثُونَ ٤٧र भन्ने गर्दथे कि के जब हामी मृत भइहाल्ने छौं र माटो र हाड भइहाल्ने छौं, हामी फेरि उठाइने छौं أَوَءَابَآؤُنَا ٱلۡأَوَّلُونَ ٤٨र के हाम्रा बाबु बाजे पनि قُلۡ إِنَّ ٱلۡأَوَّلِينَ وَٱلۡأٓخِرِينَ ٤٩तपाई भनिदिनुस् कि निःसन्देह पहिला र पछिका لَمَجۡمُوعُونَ إِلَىٰ مِيقَٰتِ يَوۡمٍ مَّعۡلُومٍ ٥٠सबै एउटा निर्धारित दिनको समयमा अवश्य एकत्रित गरिनेछन् । ثُمَّ إِنَّكُمۡ أَيُّهَا ٱلضَّآلُّونَ ٱلۡمُكَذِّبُونَ ٥١अनि तिमी हे असत्य ठहराउनेवाला पथ विचलितहरू لَأٓكِلُونَ مِن شَجَرٍ مِّن زَقُّومٍ ٥٢थूहर (क्याक्टस) को वृक्ष खानेछौ । فَمَالِـُٔونَ مِنۡهَا ٱلۡبُطُونَ ٥٣र यसैले पेट भर्ने छौ فَشَٰرِبُونَ عَلَيۡهِ مِنَ ٱلۡحَمِيمِ ٥٤र यसमाथि उम्लिराखेको पानी पिउनेछौ فَشَٰرِبُونَ شُرۡبَ ٱلۡهِيمِ ٥٥र पिउँदा पनि (यसप्रकार पिउनेछौं जस्तो कि) तिर्खाएको ऊँट जस्तो هَٰذَا نُزُلُهُمۡ يَوۡمَ ٱلدِّينِ ٥٦कयामतको दिन उनीहरूको सत्कार हो यो نَحۡنُ خَلَقۡنَٰكُمۡ فَلَوۡلَا تُصَدِّقُونَ ٥٧हामीले तिमी सबैलाई सृष्टि गरेका हौं, तसर्थ तिमीले किन (सत्य) मान्दैनौ أَفَرَءَيۡتُم مَّا تُمۡنُونَ ٥٨हेर जुन तिमीले वीर्य (स्वास्नीमा) छाड्छौ ءَأَنتُمۡ تَخۡلُقُونَهُۥٓ أَمۡ نَحۡنُ ٱلۡخَٰلِقُونَ ٥٩के तिमीले त्यसबाट मानिसको सृष्टि गर्दछौ वा हामीले नै सृष्टि गर्दछौं نَحۡنُ قَدَّرۡنَا بَيۡنَكُمُ ٱلۡمَوۡتَ وَمَا نَحۡنُ بِمَسۡبُوقِينَ ٦٠हामीले नै तिमीमा मृत्यु निर्धारित गरिदिएका छौं र हामी त्यसबाट हारेका होइनौं । عَلَىٰٓ أَن نُّبَدِّلَ أَمۡثَٰلَكُمۡ وَنُنشِئَكُمۡ فِي مَا لَا تَعۡلَمُونَ ٦١कि हामीले तिम्रो ठाउँमा अरु तिमीहरू जस्तालाई पैदा गर्न सक्छौ र तिमीलाई नयाँ रूपमा त्यस संसारमा पैदा गरिदिन्छौं जसको बारेमा तिमलिाई थाहा छैन । وَلَقَدۡ عَلِمۡتُمُ ٱلنَّشۡأَةَ ٱلۡأُولَىٰ فَلَوۡلَا تَذَكَّرُونَ ٦٢तिमीलाई पहिलो पटकको जन्म थाहा छ, अनि तिमीले किन शिक्षा ग्रहण गर्दैनौ أَفَرَءَيۡتُم مَّا تَحۡرُثُونَ ٦٣अनि यो पनि बताऊ जुन तिमीले उब्जाउँछौ ءَأَنتُمۡ تَزۡرَعُونَهُۥٓ أَمۡ نَحۡنُ ٱلزَّٰرِعُونَ ٦٤के तिमीले नै त्यसलाई उब्जाउछौं वा हामी उब्जाउनेवाला हौं لَوۡ نَشَآءُ لَجَعَلۡنَٰهُ حُطَٰمًا فَظَلۡتُمۡ تَفَكَّهُونَ ٦٥यदि हामीले चाह्यौं भने त्यसलाई भुसा गरिदिन्छौं र तिमी कुरा गर्दै रहनेछौ । إِنَّا لَمُغۡرَمُونَ ٦٦(कि अफशोच) हामी त सित्तैमा दण्डमा परिहाल्यौं بَلۡ نَحۡنُ مَحۡرُومُونَ ٦٧बरु हामी बिल्कुलै वञ्चित रहयौं । أَفَرَءَيۡتُمُ ٱلۡمَآءَ ٱلَّذِي تَشۡرَبُونَ ٦٨अनि यो बताऊ तिमीले जुन पानीलाई पिउँछौ । ءَأَنتُمۡ أَنزَلۡتُمُوهُ مِنَ ٱلۡمُزۡنِ أَمۡ نَحۡنُ ٱلۡمُنزِلُونَ ٦٩उसलाई बादलबाट पनि तिमीले नै बर्साएका हौ वा हामीले बर्साउँछौं لَوۡ نَشَآءُ جَعَلۡنَٰهُ أُجَاجًا فَلَوۡلَا تَشۡكُرُونَ ٧٠यदि हामीले चाह्यौं भने त्यस पानीलाई खारा बनाइदिन्छौं ? अनि तिमीले कृतज्ञता किन प्रकट गर्दैनौ أَفَرَءَيۡتُمُ ٱلنَّارَ ٱلَّتِي تُورُونَ ٧١हेर यो पनि बताऊ कि जुन आगो तिमीले सल्काउँछौ ءَأَنتُمۡ أَنشَأۡتُمۡ شَجَرَتَهَآ أَمۡ نَحۡنُ ٱلۡمُنشِـُٔونَ ٧٢(के तिमीले) त्यस रुखलाई सृष्टि गर्दछौ वा हामीले त्यसको सृष्टि गरेका छौं نَحۡنُ جَعَلۡنَٰهَا تَذۡكِرَةً وَمَتَٰعًا لِّلۡمُقۡوِينَ ٧٣हामीले उसलाई एउटा उपदेशको माध्यम र यात्रीहरू (र आवश्यक पर्नेहरूका) लागि लाभप्रद बनाएका छौं । فَسَبِّحۡ بِٱسۡمِ رَبِّكَ ٱلۡعَظِيمِ ٧٤अतः तिमीले आफ्नो महान् पालनकर्ताको गुणगान गर । ۞ فَلَآ أُقۡسِمُ بِمَوَٰقِعِ ٱلنُّجُومِ ٧٥म खस्ने ताराहरूको कसम खान्छु । وَإِنَّهُۥ لَقَسَمٌ لَّوۡ تَعۡلَمُونَ عَظِيمٌ ٧٦र यदि तिमीले बुझ्छौ भने यो ठूलो कसम हो إِنَّهُۥ لَقُرۡءَانٌ كَرِيمٌ ٧٧निश्चय नै यो धेरै प्रतिष्ठित कुरआन हो فِي كِتَٰبٍ مَّكۡنُونٍ ٧٨जो एउटा सुरक्षित किताबमा अंकित छ । لَّا يَمَسُّهُۥٓ إِلَّا ٱلۡمُطَهَّرُونَ ٧٩त्यसलाई पवित्र (फरिश्ताहरू) मात्र हात लगाउँछन् । تَنزِيلٌ مِّن رَّبِّ ٱلۡعَٰلَمِينَ ٨٠सम्पूर्ण संसारको स्वामीको तर्फबाट अवतरित गरिएको छ । أَفَبِهَٰذَا ٱلۡحَدِيثِ أَنتُم مُّدۡهِنُونَ ٨١के तिमीले त्यस वाणीलाई साधारण ठान्छौ وَتَجۡعَلُونَ رِزۡقَكُمۡ أَنَّكُمۡ تُكَذِّبُونَ ٨٢र आफ्नो भागमा यो लिन्छौ कि यसलाई झूठो ठहराउँदै गर فَلَوۡلَآ إِذَا بَلَغَتِ ٱلۡحُلۡقُومَ ٨٣अनि जब प्राण कण्ठमा आइपुग्दछ وَأَنتُمۡ حِينَئِذٍ تَنظُرُونَ ٨٤र तिमीले त्यस समय आखाँले हेरिराखेको हुन्छौ وَنَحۡنُ أَقۡرَبُ إِلَيۡهِ مِنكُمۡ وَلَٰكِن لَّا تُبۡصِرُونَ ٨٥र हामी त्यस बेला तिमीभन्दा धेरै नजिक हुन्छौं तर तिमीले देख्दैनौ । فَلَوۡلَآ إِن كُنتُمۡ غَيۡرَ مَدِينِينَ ٨٦अतः यदि तिमी कसैको अधीनमा छैनौ । تَرۡجِعُونَهَآ إِن كُنتُمۡ صَٰدِقِينَ ٨٧र यस कुरामा यदि साँचो हौ, त यस प्राणलाई किन फर्काउँदैनौ فَأَمَّآ إِن كَانَ مِنَ ٱلۡمُقَرَّبِينَ ٨٨अनि यदि कोही (अल्लाहको) दरबारको नजीक गरिएको हुनेछ । فَرَوۡحٌ وَرَيۡحَانٌ وَجَنَّتُ نَعِيمٍ ٨٩भने उसको निम्ति आराम, सुखसामग्री र आरामदायक स्वर्गहरू छन् । وَأَمَّآ إِن كَانَ مِنۡ أَصۡحَٰبِ ٱلۡيَمِينِ ٩٠र जो दाहिने हातावालामध्येको छ فَسَلَٰمٌ لَّكَ مِنۡ أَصۡحَٰبِ ٱلۡيَمِينِ ٩١तिमीलाई सलाम छ कि तिमी भाग्यशालीमध्येका छौ । وَأَمَّآ إِن كَانَ مِنَ ٱلۡمُكَذِّبِينَ ٱلضَّآلِّينَ ٩٢तर यदि कोही त्यो झूठा ठहराउने र मार्गबिचलितहरूमध्येको छ فَنُزُلٌ مِّنۡ حَمِيمٍ ٩٣त उसको लागि उम्लिराखेको पानीको आतिथ्य छ وَتَصۡلِيَةُ جَحِيمٍ ٩٤र (फेरि) नर्कमा जानु छ । إِنَّ هَٰذَا لَهُوَ حَقُّ ٱلۡيَقِينِ ٩٥निःसन्देह यो (खबर) पूरै सत्य हो । فَسَبِّحۡ بِٱسۡمِ رَبِّكَ ٱلۡعَظِيمِ ٩٦अतः तिमीले आफ्नो महान् पालनकर्ताको गुणगान गरिराख ।