Millat al-Islam

Chapter 93 · 11 verses · Ahl Al Hadith Central Society Of Nepal

Surah Ad-Dhuha in Nepali

Arabic with tafsir Listen to Surah Ad-Dhuha (1336 reciters)
Meccanسورة الضحى11 verses

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

وَٱلضُّحَىٰ ١सूर्यको माथि भइहालने समय (चाश्त) को सौगन्ध । وَٱلَّيۡلِ إِذَا سَجَىٰ ٢र कसम छ, रात्री को जब छाउँछ । مَا وَدَّعَكَ رَبُّكَ وَمَا قَلَىٰ ٣तिम्रो पालनकर्ताले न त तिमीलाई छाडेको छ र न उदासीन भएको छ । وَلَلۡأٓخِرَةُ خَيۡرٌ لَّكَ مِنَ ٱلۡأُولَىٰ ٤निश्चितरूपले तिम्रो निम्ति पहिलोभन्दा परिणाम राम्रो हुनेछ । وَلَسَوۡفَ يُعۡطِيكَ رَبُّكَ فَتَرۡضَىٰٓ ٥तिम्रो पालनकर्ताले शीघ्र नै तिमीलाई (पुरस्कार) प्रदान गर्नेछ त तिमी प्रसन्न भइहाल्नेछौ । أَلَمۡ يَجِدۡكَ يَتِيمًا فَـَٔاوَىٰ ٦के उसले तिमीलाई अनाथ पाएर शरण दिएन وَوَجَدَكَ ضَآلًّا فَهَدَىٰ ٧र तिमीलाई मार्गविचलित देखेर सही बाटो देखाएन । وَوَجَدَكَ عَآئِلًا فَأَغۡنَىٰ ٨र तिमीलाई कमजोर पाएर बलियो बनाएन । فَأَمَّا ٱلۡيَتِيمَ فَلَا تَقۡهَرۡ ٩तसर्थ तिमीले पनि अनाथमाथि अत्याचार नगर्नु । وَأَمَّا ٱلسَّآئِلَ فَلَا تَنۡهَرۡ ١٠र माँग्नेवालालाई हप्काउने नगर्नु । وَأَمَّا بِنِعۡمَةِ رَبِّكَ فَحَدِّثۡ ١١र आफ्नो पालनकर्ताको अनुकम्पालाई वर्णन गर्दैगर्नु ।

Translation: Ahl Al Hadith Central Society Of Nepal.