Millat al-Islam

Chapter 100 · 11 verses · Ahl Al Hadith Central Society Of Nepal

Surah Al-Adiyat in Nepali

Arabic with tafsir Listen to Surah Al-Adiyat (1269 reciters)

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

وَٱلۡعَٰدِيَٰتِ ضَبۡحًا ١ती घोडाहरूको कसम जो तीव्र गतिले हाफ्दै दगुर्छन् । فَٱلۡمُورِيَٰتِ قَدۡحًا ٢अनि ढुङ्गामा नालको ठक्करबाट झिल्काहरू निकाल्नेवालाहरूको कसम । فَٱلۡمُغِيرَٰتِ صُبۡحًا ٣अनि प्रातःको समय धावा बोल्नेहरूको कसम । فَأَثَرۡنَ بِهِۦ نَقۡعًا ٤अनि जो त्यस समयमा धूलकणहरू उडाउँदछन् । فَوَسَطۡنَ بِهِۦ جَمۡعًا ٥अनि त्यसबखत सेनाहरूभित्र पसी दिन्छन् । إِنَّ ٱلۡإِنسَٰنَ لِرَبِّهِۦ لَكَنُودٌ ٦निःसन्देह मानिस आफ्नो पालनकर्ताको बडो अकृतज्ञ छ । وَإِنَّهُۥ عَلَىٰ ذَٰلِكَ لَشَهِيدٌ ٧र निश्चय नै ऊ स्वयम् पनि यस ऊपर साक्षी छ । وَإِنَّهُۥ لِحُبِّ ٱلۡخَيۡرِ لَشَدِيدٌ ٨त्यो धनको मोहमा बडो दृढ छ । ۞ أَفَلَا يَعۡلَمُ إِذَا بُعۡثِرَ مَا فِي ٱلۡقُبُورِ ٩के त्यसले त्यस समयलाई जान्दैन जब चिहानमा जे छन्, उनीहरू बाहिर निकालिनेछन् । وَحُصِّلَ مَا فِي ٱلصُّدُورِ ١٠र जुन (रहस्य) हृदयहरूमा छन्, ती प्रकट गरिनेछन् । إِنَّ رَبَّهُم بِهِمۡ يَوۡمَئِذٍ لَّخَبِيرُۢ ١١निःसन्देह उनको पालनकर्ताले त्यसदिन उनको अवस्थासँग राम्ररी परिचित हुनेछ ।

Translation: Ahl Al Hadith Central Society Of Nepal.