Millat al-Islam

Chapter 87 · 19 verses · Ahl Al Hadith Central Society Of Nepal

Surah Al-Ala in Nepali

Arabic with tafsir Listen to Surah Al-Ala (1421 reciters)
Meccanسورة الأعلى19 verses

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

سَبِّحِ ٱسۡمَ رَبِّكَ ٱلۡأَعۡلَى ١(हे पैगम्बर !) आफ्नो सर्वोच्च पालनकर्ताको नामको गुणगान गर्नु । ٱلَّذِي خَلَقَ فَسَوَّىٰ ٢जसले (मानिसलाई) सृष्टि गर्यो अनि (त्यसका अङ्गहरूलाई) ठीक (क्रम र समानुपातमा) मिलायो । وَٱلَّذِي قَدَّرَ فَهَدَىٰ ٣र जसले ठीक ठाक निर्धारित गर्यो, अनि मार्ग देखायो । وَٱلَّذِيٓ أَخۡرَجَ ٱلۡمَرۡعَىٰ ٤र जसले वनस्पति उमार्यो । فَجَعَلَهُۥ غُثَآءً أَحۡوَىٰ ٥अनि त्यसलाई सुकाएर कालो रङ्गका ठुटाहरू बनाइदियो । سَنُقۡرِئُكَ فَلَا تَنسَىٰٓ ٦हामीले तिमीलाई पढाइदिनेछौं, अनि तिमीले बिर्सने छैनौ । إِلَّا مَا شَآءَ ٱللَّهُۚ إِنَّهُۥ يَعۡلَمُ ٱلۡجَهۡرَ وَمَا يَخۡفَىٰ ٧तर जुन अल्लाहले चाहन्छ, ऊ प्रत्यक्ष र परोक्षलाई जान्दछ । وَنُيَسِّرُكَ لِلۡيُسۡرَىٰ ٨हामीले तपाईको लागि सजिलो गरिदिनेछौं । فَذَكِّرۡ إِن نَّفَعَتِ ٱلذِّكۡرَىٰ ٩अतः तपाईले उपदेश गर्दै गर्नुस्, यदि उपदेश लाभप्रद छ । سَيَذَّكَّرُ مَن يَخۡشَىٰ ١٠त्यसले उपदेश प्राप्त गरिहाल्छ, जसलाई भय हुनेछ । وَيَتَجَنَّبُهَا ٱلۡأَشۡقَى ١١हो, दुर्भाग्यवाला त्यसबाट पन्छिनेछ । ٱلَّذِي يَصۡلَى ٱلنَّارَ ٱلۡكُبۡرَىٰ ١٢जो ठूलो आगोमा पर्नेछ । ثُمَّ لَا يَمُوتُ فِيهَا وَلَا يَحۡيَىٰ ١٣अनि त्यसमा न मर्नेछ र न बाँच्नेछ । قَدۡ أَفۡلَحَ مَن تَزَكَّىٰ ١٤निःसन्देह त्यो सफल भइहाल्यो जसले आफूलाई शुद्ध पार्यो । وَذَكَرَ ٱسۡمَ رَبِّهِۦ فَصَلَّىٰ ١٥र आफ्नो पालनकर्ताको नामको स्मरण गर्यो र नमाज पढ्ने गर्यो। بَلۡ تُؤۡثِرُونَ ٱلۡحَيَوٰةَ ٱلدُّنۡيَا ١٦तर तिमीहरूले त सांसारिक भौतिक जीवनलाई प्राथमिकता दिन्छौ । وَٱلۡأٓخِرَةُ خَيۡرٌ وَأَبۡقَىٰٓ ١٧जब कि आखिरत धेरै उत्तम र शेष रहनेवाला छ । إِنَّ هَٰذَا لَفِي ٱلصُّحُفِ ٱلۡأُولَىٰ ١٨निःसन्देह यही कुरा पहिलाका किताबहरूमा पनि छ । صُحُفِ إِبۡرَٰهِيمَ وَمُوسَىٰ ١٩अर्थात ‘‘इब्राहीम’’ र ‘‘मूसाका’’ किताबहरूमा ।

Translation: Ahl Al Hadith Central Society Of Nepal.