بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
لَآ أُقۡسِمُ بِهَٰذَا ٱلۡبَلَدِ ١हामीलाई यस नगर (मक्का) को कसम । وَأَنتَ حِلُّۢ بِهَٰذَا ٱلۡبَلَدِ ٢र तपाई यसै नगरमा त बस्नु हुन्छ । وَوَالِدٍ وَمَا وَلَدَ ٣र मानवीय बाबु र उसको सन्ततिको कसम । لَقَدۡ خَلَقۡنَا ٱلۡإِنسَٰنَ فِي كَبَدٍ ٤निःसन्देह हामीले मानिसलाई धेरै दुःखमा पैदा गरेका छौं । أَيَحۡسَبُ أَن لَّن يَقۡدِرَ عَلَيۡهِ أَحَدٌ ٥के उसले यो ठान्दछ कि उसमाथि कसैको नियन्त्रण छैन । يَقُولُ أَهۡلَكۡتُ مَالًا لُّبَدًا ٦भन्दछ कि मैले धेरै माल सम्पत्ति खर्च गरिदिएँ । أَيَحۡسَبُ أَن لَّمۡ يَرَهُۥٓ أَحَدٌ ٧के उसलाई यो लाग्दछ कि कसैले उसलाई देखेन । أَلَمۡ نَجۡعَل لَّهُۥ عَيۡنَيۡنِ ٨के हामीले उसलाई दुईटा आँखा दिएनौं । وَلِسَانًا وَشَفَتَيۡنِ ٩र जिब्रो र दुईटा ओठ (दिएनौं) وَهَدَيۡنَٰهُ ٱلنَّجۡدَيۡنِ ١٠र उसलाई दुवै मार्ग पनि देखायौं । فَلَا ٱقۡتَحَمَ ٱلۡعَقَبَةَ ١١त उसले त्यो घाटीमा पस्न सकेन وَمَآ أَدۡرَىٰكَ مَا ٱلۡعَقَبَةُ ١٢र तिमीलाई के थाहा कि त्यो घाटी के हो فَكُّ رَقَبَةٍ ١٣(कसैको) गरदनलाई (दासत्वबाट) मुक्ति दिलाउनु । أَوۡ إِطۡعَٰمٌ فِي يَوۡمٍ ذِي مَسۡغَبَةٍ ١٤वा भोकको दिन खाना खुवाउनु । يَتِيمًا ذَا مَقۡرَبَةٍ ١٥कुनै नातेदार अनाथलाई أَوۡ مِسۡكِينًا ذَا مَتۡرَبَةٍ ١٦वा धूलधूसरित (फकिर) भिक्षुलाई । ثُمَّ كَانَ مِنَ ٱلَّذِينَ ءَامَنُواْ وَتَوَاصَوۡاْ بِٱلصَّبۡرِ وَتَوَاصَوۡاْ بِٱلۡمَرۡحَمَةِ ١٧अनि ती मानिसहरूमा शम्मिलित हुन सक्थ्यौ जसले ईमान ल्याउँछन् र एक अर्कालाई धैर्य राख्न र दया गर्नुको निम्ति शिक्षा दिन्छन् । أُوْلَٰٓئِكَ أَصۡحَٰبُ ٱلۡمَيۡمَنَةِ ١٨यी मानिसहरू नै दायाँ हातवाला हुन् । وَٱلَّذِينَ كَفَرُواْ بِـَٔايَٰتِنَا هُمۡ أَصۡحَٰبُ ٱلۡمَشۡـَٔمَةِ ١٩र जसले हाम्रा आयतहरूलाई मानेनन् उनीहरू बायाँ हातवाला हुन् । عَلَيۡهِمۡ نَارٌ مُّؤۡصَدَةُۢ ٢٠यिनीहरूमाथि नै आगो हुनेछ जो चारैतिरबाट घेरेको हुनेछ ।