Millat al-Islam

Chapter 89 · 30 verses · Ahl Al Hadith Central Society Of Nepal

Surah Al-Fajr in Nepali

Arabic with tafsir Listen to Surah Al-Fajr (1331 reciters)
Meccanسورة الفجر30 verses

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

وَٱلۡفَجۡرِ ١फज्र (उषाकाल) को कसम । وَلَيَالٍ عَشۡرٍ ٢र दश रातहरूको कसम । وَٱلشَّفۡعِ وَٱلۡوَتۡرِ ٣र जोड र बिजोड (सम–विसम) को कसम । وَٱلَّيۡلِ إِذَا يَسۡرِ ٤र रातको कसम, जब यो जान थाल्छ । هَلۡ فِي ذَٰلِكَ قَسَمٌ لِّذِي حِجۡرٍ ٥के यी कुराहरूको कसम बुद्धिमानीहरूको लागि पर्याप्त छन् أَلَمۡ تَرَ كَيۡفَ فَعَلَ رَبُّكَ بِعَادٍ ٦के तपाईले देख्नु भएन कि तपाईको पालनकर्ताले आदहरूसँग के गर्यो إِرَمَ ذَاتِ ٱلۡعِمَادِ ٧स्तम्भजस्ता ‘‘इरम’’ लामो कदवालाको साथ । ٱلَّتِي لَمۡ يُخۡلَقۡ مِثۡلُهَا فِي ٱلۡبِلَٰدِ ٨यी सम्पूर्ण सृष्टिमा यिनीहरूको सदृश कुनै समुदाय पैदा गरिएको थिएन् । وَثَمُودَ ٱلَّذِينَ جَابُواْ ٱلصَّخۡرَ بِٱلۡوَادِ ٩र समूदहरूसँग (के गर्यो) जो बेसीमा ठूल ठूला ढुङ्गा काट्दथे । وَفِرۡعَوۡنَ ذِي ٱلۡأَوۡتَادِ ١٠र फिरऔनसँग जसले मेखहरू राख्दथ्यो ٱلَّذِينَ طَغَوۡاْ فِي ٱلۡبِلَٰدِ ١١यिनीहरू सबैले देशहरूमा अटेरीपना गरिराखेका थिए । فَأَكۡثَرُواْ فِيهَا ٱلۡفَسَادَ ١٢र यहां धेरै उत्पातहरू मचाइराखेका थिए । فَصَبَّ عَلَيۡهِمۡ رَبُّكَ سَوۡطَ عَذَابٍ ١٣अन्ततः तिम्रो पालनकर्ताले उनीहरूमाथि यातनाको कोर्रा बर्सायो । إِنَّ رَبَّكَ لَبِٱلۡمِرۡصَادِ ١٤निःसन्देह तिम्रो पालनकर्ता हेरी घातमाछ । فَأَمَّا ٱلۡإِنسَٰنُ إِذَا مَا ٱبۡتَلَىٰهُ رَبُّهُۥ فَأَكۡرَمَهُۥ وَنَعَّمَهُۥ فَيَقُولُ رَبِّيٓ أَكۡرَمَنِ ١٥तर मानिसको अवस्था यो छ कि जब उसको रबले (पालनकर्ताले) उसको परीक्षा गर्दछ र उसलाई प्रतिष्ठा र अनुग्रह प्रदान गर्दछ तब त्यसले भन्दछ कि मेरो पालनकर्ताले मलाई प्रतिष्ठित गर्यो । وَأَمَّآ إِذَا مَا ٱبۡتَلَىٰهُ فَقَدَرَ عَلَيۡهِ رِزۡقَهُۥ فَيَقُولُ رَبِّيٓ أَهَٰنَنِ ١٦र जब उसले उसको परीक्षा यसप्रकार गर्दछ कि उसको जीविका संकुचित गरिदिन्छ । तब उसले भन्दछ कि मेरो रबले मलाई अपमानित गर्यो । كـَلَّاۖ بَل لَّا تُكۡرِمُونَ ٱلۡيَتِيمَ ١٧यस्तो कदापि होइन, बरु तिमीहरूले नै अनाथको सम्मान गर्दैनौ । وَلَا تَحَٰٓضُّونَ عَلَىٰ طَعَامِ ٱلۡمِسۡكِينِ ١٨र न गरिबलाई खुवाउनको लागि एक–अर्कालाई प्रोत्साहन गर्दछौ । وَتَأۡكُلُونَ ٱلتُّرَاثَ أَكۡلًا لَّمًّا ١٩र मृतकको सारा माल समेटी खाइदिन्छौ । وَتُحِبُّونَ ٱلۡمَالَ حُبًّا جَمًّا ٢٠र धनसित अत्यन्त प्रेम गर्दछौ । كـَلَّآۖ إِذَا دُكَّتِ ٱلۡأَرۡضُ دَكًّا دَكًّا ٢١तसर्थ धरतीलाई जब फुटालेर चुर्ण चुर्ण गरी एक समान गरिनेछ । وَجَآءَ رَبُّكَ وَٱلۡمَلَكُ صَفًّا صَفًّا ٢٢र तेरो पालनकर्ता स्वयं आउने छ र फरिश्ताहरू एक–एक गरी पंक्तिबद्ध भई आउनेछन् । وَجِاْيٓءَ يَوۡمَئِذِۭ بِجَهَنَّمَۚ يَوۡمَئِذٍ يَتَذَكَّرُ ٱلۡإِنسَٰنُ وَأَنَّىٰ لَهُ ٱلذِّكۡرَىٰ ٢٣र नर्कलाई त्यसदिन उपस्थित गराइनेछ, त्यसदिन मानिसले चेत्नेछ, तर त्यस दिन चेतेबाट केही फाइदा हुनेछैन । يَقُولُ يَٰلَيۡتَنِي قَدَّمۡتُ لِحَيَاتِي ٢٤उसले भन्नेछ, काश मैले आफ्नो (यस) जिन्दगीको निम्ति केही अगाडि पठाएको भए । فَيَوۡمَئِذٍ لَّا يُعَذِّبُ عَذَابَهُۥٓ أَحَدٌ ٢٥अनि त्यसदिन अल्लाहको सजाय जस्तो यातना कसैको हुनेछैन । وَلَا يُوثِقُ وَثَاقَهُۥٓ أَحَدٌ ٢٦र कोही छैन जसले उसको जस्तो जकडिएर बाँध्न सकोस् । يَٰٓأَيَّتُهَا ٱلنَّفۡسُ ٱلۡمُطۡمَئِنَّةُ ٢٧र हे सन्तुष्ट आत्मा । ٱرۡجِعِيٓ إِلَىٰ رَبِّكِ رَاضِيَةً مَّرۡضِيَّةً ٢٨आफ्नो पालनकर्तातिर तिमी यस किसिमले फर्क कि तिमी ऊसित प्रसन्न र ऊ तिमीसित प्रसन्न । فَٱدۡخُلِي فِي عِبَٰدِي ٢٩अतः मेरा खास दासहरूमा शम्मिलित भइहाल । وَٱدۡخُلِي جَنَّتِي ٣٠र प्रवेश गर मेरो स्वर्गमा ।

Translation: Ahl Al Hadith Central Society Of Nepal.