بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
إِذَا ٱلسَّمَآءُ ٱنفَطَرَتۡ ١जब आकाश क्षतविक्षत भइहाल्नेछ وَإِذَا ٱلۡكَوَاكِبُ ٱنتَثَرَتۡ ٢र जब ताराहरू झरिहाल्नेछन् । وَإِذَا ٱلۡبِحَارُ فُجِّرَتۡ ٣र जब समुन्द्र बगेर जानेछन् । وَإِذَا ٱلۡقُبُورُ بُعۡثِرَتۡ ٤र जब चिहानहरू उत्खनित हुनेछन् । عَلِمَتۡ نَفۡسٌ مَّا قَدَّمَتۡ وَأَخَّرَتۡ ٥तब हर व्यक्तिले थाहा पाउनेछ कि उसले अगाडि के पठाएको थियो र पछाडि के छोडेको थियो يَٰٓأَيُّهَا ٱلۡإِنسَٰنُ مَا غَرَّكَ بِرَبِّكَ ٱلۡكَرِيمِ ٦हे मानव ! कुन कुराले तिमीलाई आफ्नो उदार पालनकर्ताको विषयमा भ्रममा पारेको छ ٱلَّذِي خَلَقَكَ فَسَوَّىٰكَ فَعَدَلَكَ ٧(त्यही नहो) जसले तिमीलाई सृष्टि गर्यो र फेरि (तिम्रा अङ्ग–प्रत्यङ्गहरूलाई) ठीक–ठीक पारी तिमीलाई सन्तुलित बनायो । فِيٓ أَيِّ صُورَةٍ مَّا شَآءَ رَكَّبَكَ ٨र जुन रूपमा चाह्यो, तिमीलाई जोडेर तयार गर्यो । كـَلَّا بَلۡ تُكَذِّبُونَ بِٱلدِّينِ ٩केही होइन, बरु तिमीले प्रतिफल दिइने दिनलाई झुठ्लाउँछौ । وَإِنَّ عَلَيۡكُمۡ لَحَٰفِظِينَ ١٠जबकि तिमीमाथि निगरानी गर्नेहरू नियुक्त छन् । كِرَامًا كَٰتِبِينَ ١١प्रतिष्ठित लेख्नेहरू नियुक्त छन् । يَعۡلَمُونَ مَا تَفۡعَلُونَ ١٢तिमीले जे गर्दछौ, (त्यसलाई) उनीहरू जान्दछन् । إِنَّ ٱلۡأَبۡرَارَ لَفِي نَعِيمٍ ١٣निःसन्देह सत्कर्मी मानिसहरू स्वर्गका ऐशो आराम र अनुग्रहमा हुनेछन् । وَإِنَّ ٱلۡفُجَّارَ لَفِي جَحِيمٍ ١٤र निःसंदेह दूराचारीहरू नर्कमा हुनेछन् । يَصۡلَوۡنَهَا يَوۡمَ ٱلدِّينِ ١٥(अर्थात्) प्रतिफलको दिन त्यसमा प्रवेश गर्नेछन् । وَمَا هُمۡ عَنۡهَا بِغَآئِبِينَ ١٦र त्यसबाट उम्केर जान सक्ने छैनन् । وَمَآ أَدۡرَىٰكَ مَا يَوۡمُ ٱلدِّينِ ١٧र तिमीहरूलाई के थाहा कि प्रतिफलको दिन कस्तो छ ثُمَّ مَآ أَدۡرَىٰكَ مَا يَوۡمُ ٱلدِّينِ ١٨म फेरि भन्छु तिमीलाई के थाहा कि प्रतिफलको दिन कस्तो छ । يَوۡمَ لَا تَمۡلِكُ نَفۡسٌ لِّنَفۡسٍ شَيۡـًٔاۖ وَٱلۡأَمۡرُ يَوۡمَئِذٍ لِّلَّهِ ١٩जुन दिन कुनै व्यक्ति कसैको निम्ति कुनै कुराको अधिकारी हुनेछैन, र सबै आदेश त्यस दिन अल्लाहकै हुनेछन् ।