بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
إِذَا ٱلشَّمۡسُ كُوِّرَتۡ ١जब सूर्यलाई बेरिहालिनेछ وَإِذَا ٱلنُّجُومُ ٱنكَدَرَتۡ ٢र ताराहरूले आफ्नो चमक गुमाउनेछन् । وَإِذَا ٱلۡجِبَالُ سُيِّرَتۡ ٣र जब पहाडहरू चलाइनेछन् । وَإِذَا ٱلۡعِشَارُ عُطِّلَتۡ ٤र जब १० महिने गर्भवती ऊँटनीहरू भगाई हालिनेछिन् । وَإِذَا ٱلۡوُحُوشُ حُشِرَتۡ ٥र जब जंगली जनावरहरू एकत्रित गरिनेछन । وَإِذَا ٱلۡبِحَارُ سُجِّرَتۡ ٦र जब समुन्द्रहरू उत्तेजित गरिनेछन् । وَإِذَا ٱلنُّفُوسُ زُوِّجَتۡ ٧जब आत्माहरू (शरीरसँग) मिलाइनेछन् । وَإِذَا ٱلۡمَوۡءُۥدَةُ سُئِلَتۡ ٨र जब जिउँदै गाडिएको केटीसंग सोधिनेछ, । بِأَيِّ ذَنۢبٍ قُتِلَتۡ ٩कि कुन पापको कारण उसलाई मारिएको थियो । وَإِذَا ٱلصُّحُفُ نُشِرَتۡ ١٠र जब कर्मपत्र खोलिनेछन् । وَإِذَا ٱلسَّمَآءُ كُشِطَتۡ ١١र जब आकाशको छाला उघारिनेछ । وَإِذَا ٱلۡجَحِيمُ سُعِّرَتۡ ١٢र जब नर्कको आगो प्रज्जवलित गरिनेछ । وَإِذَا ٱلۡجَنَّةُ أُزۡلِفَتۡ ١٣र जब बहिश्त (स्वर्ग) नजिक ल्याइनेछ । عَلِمَتۡ نَفۡسٌ مَّآ أَحۡضَرَتۡ ١٤तब त्यसदिन हरेक व्यक्तिले थाहा पाइहाल्नेछ कि उसले के लिएर आएको छ । فَلَآ أُقۡسِمُ بِٱلۡخُنَّسِ ١٥म शपथ लिन्छु ती ताराहरूको जो पछि हटिहाल्छन् । ٱلۡجَوَارِ ٱلۡكُنَّسِ ١٦र जो घुम्ने र हराइहाल्ने छन् । وَٱلَّيۡلِ إِذَا عَسۡعَسَ ١٧र रातको कसम, जब समाप्त हुनथाल्छ । وَٱلصُّبۡحِ إِذَا تَنَفَّسَ ١٨र प्रातःको कसम जब उदय हुनथाल्छ । إِنَّهُۥ لَقَوۡلُ رَسُولٍ كَرِيمٍ ١٩निश्चय नै यो एक आदरणीय सन्देशवाहकले ल्याएको वाणी हो । ذِي قُوَّةٍ عِندَ ذِي ٱلۡعَرۡشِ مَكِينٍ ٢٠जो शक्तिवाला छ, सिंहासनको मालिककहाँ जसको उच्च दर्जा छ । مُّطَاعٍ ثَمَّ أَمِينٍ ٢١जसको आदेश आकाशहरूमा मान्य हुन्छ र जो त्यहाँ विश्वसनीय छ । وَمَا صَاحِبُكُم بِمَجۡنُونٍ ٢٢र (मक्काबासीहरू !) तिम्रो साथी दिवाना होइनन् । وَلَقَدۡ رَءَاهُ بِٱلۡأُفُقِ ٱلۡمُبِينِ ٢٣उनले यस (फरिश्ता) लाई (आकाशको) खुल्ला (पूर्वी) क्षितिजमा देखेका पनि छन् । وَمَا هُوَ عَلَى ٱلۡغَيۡبِ بِضَنِينٍ ٢٤उनी परोक्षको कुरा बताउन कञ्जूस्याइँ पनि गर्दैनन् । وَمَا هُوَ بِقَوۡلِ شَيۡطَٰنٍ رَّجِيمٍ ٢٥र यो कुरआन दुष्ट शैतानको कुरो होइन । فَأَيۡنَ تَذۡهَبُونَ ٢٦फेरि तिमी कता गइरहेका छौ إِنۡ هُوَ إِلَّا ذِكۡرٌ لِّلۡعَٰلَمِينَ ٢٧यो त सम्पूर्ण संसारको लागि मार्गदर्शन हो । لِمَن شَآءَ مِنكُمۡ أَن يَسۡتَقِيمَ ٢٨खासगरी उसको लागि जो तिमीहरूमध्ये सोझो बाटोमा हिंड्न चाहोस् । وَمَا تَشَآءُونَ إِلَّآ أَن يَشَآءَ ٱللَّهُ رَبُّ ٱلۡعَٰلَمِينَ ٢٩र तिमीले विश्वको पालनकर्ताले नचाहिकन केही पनि चाहन सक्दैनौ ।