بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
عَبَسَ وَتَوَلَّىٰٓ ١उसले रूखापनागरेर मुख फर्कायो । أَن جَآءَهُ ٱلۡأَعۡمَىٰ ٢किनकि उसको पासमा एउटा अन्धो आयो । وَمَا يُدۡرِيكَ لَعَلَّهُۥ يَزَّكَّىٰٓ ٣तिमीलाई के थाह शायद उसको भलो हुने थियो । أَوۡ يَذَّكَّرُ فَتَنفَعَهُ ٱلذِّكۡرَىٰٓ ٤अथवा उपदेश हासिल गर्दथ्यो र उपदेशबाट उसलाई फाइदा हुन्थ्यो । أَمَّا مَنِ ٱسۡتَغۡنَىٰ ٥तर जो लापरवाही गर्दछ । فَأَنتَ لَهُۥ تَصَدَّىٰ ٦उसैको तर्फ तिमी पूरै ध्यान दिन्छौ । وَمَا عَلَيۡكَ أَلَّا يَزَّكَّىٰ ٧हुनत यदि उसले पवित्रता प्राप्त गरेन भने तिमीलाई कुनै दोष आउँदैन । وَأَمَّا مَن جَآءَكَ يَسۡعَىٰ ٨र जो तिम्रो पासमा दगुर्दै आयो । وَهُوَ يَخۡشَىٰ ٩र ऊ (अल्लाहसित) डर्छ पनि । فَأَنتَ عَنۡهُ تَلَهَّىٰ ١٠उसलाई तिमीले बेवास्ता गर्दछौ । كـَلَّآ إِنَّهَا تَذۡكِرَةٌ ١١हेर यो ठीक होइन कुरआन उपदेशको चीज हो । فَمَن شَآءَ ذَكَرَهُۥ ١٢तसर्थ जसले चाहोस् त्यसबाट उपदेश प्राप्त गरोस् । فِي صُحُفٍ مُّكَرَّمَةٍ ١٣यो त पवित्र उच्च पंक्तिहरूमा अंकित छ । مَّرۡفُوعَةٍ مُّطَهَّرَةِۭ ١٤जो उच्च ठाउँमा राखिएको र पवित्र छ । بِأَيۡدِي سَفَرَةٍ ١٥यस्ता लेख्नेवालाहरूको हातमा (रहेको) छ । كِرَامِۭ بَرَرَةٍ ١٦जो प्रतिष्ठित र पवित्र छन् । قُتِلَ ٱلۡإِنسَٰنُ مَآ أَكۡفَرَهُۥ ١٧अल्लाहको सजाय, मानिस पनि कति अकृतज्ञ छ । مِنۡ أَيِّ شَيۡءٍ خَلَقَهُۥ ١٨अल्लाहले उसलाई कुन कुराबाट सृष्टि गर्यो مِن نُّطۡفَةٍ خَلَقَهُۥ فَقَدَّرَهُۥ ١٩वीर्यको एउटा थोपाबाट सृष्टि गर्यो, अनि त्यसलाई राम्रो अन्दाजमा राख्यो । ثُمَّ ٱلسَّبِيلَ يَسَّرَهُۥ ٢٠र उसको निम्ति मार्ग सरल बनाइदियो । ثُمَّ أَمَاتَهُۥ فَأَقۡبَرَهُۥ ٢١अनि उसलाई मृत्यु प्रदान गर्यो अनि कब्रमा (चिहानमा) पुराइदियो । ثُمَّ إِذَا شَآءَ أَنشَرَهُۥ ٢٢फेरि जब चाहन्छ (चिहानबाट) उभ्याइदिनेछ كـَلَّا لَمَّا يَقۡضِ مَآ أَمَرَهُۥ ٢٣केही सन्देह छैन कि अल्लाहले त्यसलाई जुन आदेश दियो, त्यसले उसलाई पूर्ण गरेन । فَلۡيَنظُرِ ٱلۡإِنسَٰنُ إِلَىٰ طَعَامِهِۦٓ ٢٤अनि मानिसले आफ्नो भोजनलाई हेर्नुपर्छ । أَنَّا صَبَبۡنَا ٱلۡمَآءَ صَبًّا ٢٥हामीले नै धेरै पानी वर्षायौं । ثُمَّ شَقَقۡنَا ٱلۡأَرۡضَ شَقًّا ٢٦फेरि हामीले नै धरतीलाई (चिरेर) टुक्रा–टुक्रा पार्यौं । فَأَنۢبَتۡنَا فِيهَا حَبًّا ٢٧त्यस पश्चात हामीले नै त्यसमा अन्न उब्जायौं । وَعِنَبًا وَقَضۡبًا ٢٨र अंगूर र तरकारी । وَزَيۡتُونًا وَنَخۡلًا ٢٩र जैतून र खजूरहरू । وَحَدَآئِقَ غُلۡبًا ٣٠र बाक्ला घना बगैंचाहरू । وَفَٰكِهَةً وَأَبًّا ٣١र फल र चाराहरू । مَّتَٰعًا لَّكُمۡ وَلِأَنۡعَٰمِكُمۡ ٣٢(यी सबै कुरा) तिम्रा प्रयोग र फाइदाको लागि र तिम्रा चौपायाहरूको निम्ति बनायौं । فَإِذَا جَآءَتِ ٱلصَّآخَّةُ ٣٣तसर्थ जब कानै च्यातिने (कियामतको) प्रचण्ड आवाज आउनेछ । يَوۡمَ يَفِرُّ ٱلۡمَرۡءُ مِنۡ أَخِيهِ ٣٤त्यसदिन मानिस आफ्ना दाजुभाइहरूबाट । وَأُمِّهِۦ وَأَبِيهِ ٣٥र आफ्नो आमा र बाबुबाट । وَصَٰحِبَتِهِۦ وَبَنِيهِ ٣٦र आफ्नो श्रीमती र छोराहरूबाट भाग्नेछ । لِكُلِّ ٱمۡرِيٍٕ مِّنۡهُمۡ يَوۡمَئِذٍ شَأۡنٌ يُغۡنِيهِ ٣٧यीमध्ये प्रत्येक व्यक्तिलाई त्यसदिन यस्तो चिन्ता हुनेछ जो उसैको लागि पर्याप्त हुनेछ । وُجُوهٌ يَوۡمَئِذٍ مُّسۡفِرَةٌ ٣٨कैयन् अनुहारहरू त्यसदिन टल्किरहेका हुनेछन् । ضَاحِكَةٌ مُّسۡتَبۡشِرَةٌ ٣٩हाँस्दै खुशी र आनन्दित हुनेछन् । وَوُجُوهٌ يَوۡمَئِذٍ عَلَيۡهَا غَبَرَةٌ ٤٠र कैयन् अनुहारहरू त्यस दिन धूलधूसरित हुनेछन् । تَرۡهَقُهَا قَتَرَةٌ ٤١जसमाथि कालोपना छाएको हुनेछ أُوْلَٰٓئِكَ هُمُ ٱلۡكَفَرَةُ ٱلۡفَجَرَةُ ٤٢यी तिनै काफिरचरित्र दुराचारी मानिसहरू हुनेछन् ।