بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
وَٱلنَّٰزِعَٰتِ غَرۡقًا ١डुबेर शक्तिले तान्नेहरूको कसम । وَٱلنَّٰشِطَٰتِ نَشۡطًا ٢गाँठोलाई खोलेर छुटाइदिनेवालाहरूको कसम । وَٱلسَّٰبِحَٰتِ سَبۡحًا ٣र तैर्ने फिर्ने वालाहरूको सौगन्ध । فَٱلسَّٰبِقَٰتِ سَبۡقًا ٤फेरि दगुरेर अगाडि हिड्ने वालाहरूको सौगन्ध । فَٱلۡمُدَبِّرَٰتِ أَمۡرًا ٥फेरि काम सम्पन्न गर्न उपाय गर्नेवालाहरूको सौगन्ध । يَوۡمَ تَرۡجُفُ ٱلرَّاجِفَةُ ٦जुन दिन काम्नेवाली कम्ने छिन । تَتۡبَعُهَا ٱلرَّادِفَةُ ٧त्यसको पछि–पछि पछाडि आउनेवाली आउनेछिन् । قُلُوبٌ يَوۡمَئِذٍ وَاجِفَةٌ ٨धेरै मुटुहरू त्यस दिन ढुकुढुक गर्नेछन् । أَبۡصَٰرُهَا خَٰشِعَةٌ ٩जसको दृष्टि तल हुनेछन् । يَقُولُونَ أَءِنَّا لَمَرۡدُودُونَ فِي ٱلۡحَافِرَةِ ١٠भन्छन् कि के हामी पहिलेको अवस्थामा फर्काइने छौं أَءِذَا كُنَّا عِظَٰمًا نَّخِرَةً ١١के त्यसबेला जब हामी हड्डीमा परिणत भइसक्ने छौं । قَالُواْ تِلۡكَ إِذًا كَرَّةٌ خَاسِرَةٌ ١٢भन्दछन कि फेरि यो फर्किनु त नोक्सानी दिनेवाला छ । فَإِنَّمَا هِيَ زَجۡرَةٌ وَٰحِدَةٌ ١٣थाहा हुनु पर्छ त्यो त मात्र एउटा डरलाग्दो डाँट हो । فَإِذَا هُم بِٱلسَّاهِرَةِ ١٤कि जसको प्रकट हुनासाथै तिनीहरू एकदमै मैदानमा एकत्रित हुनेछन् । هَلۡ أَتَىٰكَ حَدِيثُ مُوسَىٰٓ ١٥के ‘‘मूसा(अलैहिस्सलाम)को’’ सूचना तिमीलाई प्राप्त भएको छ إِذۡ نَادَىٰهُ رَبُّهُۥ بِٱلۡوَادِ ٱلۡمُقَدَّسِ طُوًى ١٦जबकि उनीलाई उनको पालनकर्ताले पवित्र मैदान ‘‘तोआ’’ मा बोलायो । ٱذۡهَبۡ إِلَىٰ فِرۡعَوۡنَ إِنَّهُۥ طَغَىٰ ١٧कि तिमी फिरऔनको समक्ष जाऊ, त्यसले आत्याचार गरिराखेकोछ । فَقُلۡ هَل لَّكَ إِلَىٰٓ أَن تَزَكَّىٰ ١٨उसलाई भनकि के तिमी सुर्धन चाहन्छौ وَأَهۡدِيَكَ إِلَىٰ رَبِّكَ فَتَخۡشَىٰ ١٩र यो कि म तेरो पालनकर्ताको बाटो देखाऊँ कि तिमी डरनेगर । فَأَرَىٰهُ ٱلۡأٓيَةَ ٱلۡكُبۡرَىٰ ٢٠त्यसपछि उनले उसलाई ठूलो निशानी देखाए । فَكَذَّبَ وَعَصَىٰ ٢١तर उसले झूठो भन्यो र अवज्ञा गर्यो । ثُمَّ أَدۡبَرَ يَسۡعَىٰ ٢٢अनि दगुर्दै फर्किहाल्यो । فَحَشَرَ فَنَادَىٰ ٢٣फेरि सबलाई एकत्रित गर्यो र पुकार्यो । فَقَالَ أَنَا۠ رَبُّكُمُ ٱلۡأَعۡلَىٰ ٢٤अनि भन्यो तिमी सबैको पालनकर्ता म नै हूँ । فَأَخَذَهُ ٱللَّهُ نَكَالَ ٱلۡأٓخِرَةِ وَٱلۡأُولَىٰٓ ٢٥तब(सबभन्दा उच्च) अल्लाहले पनि परलोक र दुनियाँको सजायमा उसलाई समातिहाल्यो । إِنَّ فِي ذَٰلِكَ لَعِبۡرَةً لِّمَن يَخۡشَىٰٓ ٢٦जो अल्लाहसित डर मान्छ, उसको निम्ति यसमा पाठ छ । ءَأَنتُمۡ أَشَدُّ خَلۡقًا أَمِ ٱلسَّمَآءُۚ بَنَىٰهَا ٢٧तिमीलाई सृष्टि गर्नु धेरै कठिन काम हो कि आकाशलाई ? अल्लाहले(त) उसलाई बनायो । رَفَعَ سَمۡكَهَا فَسَوَّىٰهَا ٢٨त्यसको छतलाई उच्च बनायो, अनि उसलाई बराबर (ठीक–ठीक) गरिदियो । وَأَغۡطَشَ لَيۡلَهَا وَأَخۡرَجَ ضُحَىٰهَا ٢٩र त्यसको रातीलाई अन्धकारमय बनायो र दिनमा प्रकट गर्यो । وَٱلۡأَرۡضَ بَعۡدَ ذَٰلِكَ دَحَىٰهَآ ٣٠र यस पश्चात धरतीलाई समथर गरी विस्तारित गरिदियो । أَخۡرَجَ مِنۡهَا مَآءَهَا وَمَرۡعَىٰهَا ٣١यसबाट पानी र चारा उमार्यो । وَٱلۡجِبَالَ أَرۡسَىٰهَا ٣٢र त्यसमाथि पहाडहरूलाई मजबूतीका साथ स्थापित गरिदियो । مَتَٰعًا لَّكُمۡ وَلِأَنۡعَٰمِكُمۡ ٣٣यी सबै तिम्रो र तिम्रा चौपायाहरूको फाइदाको निम्ति (छन) । فَإِذَا جَآءَتِ ٱلطَّآمَّةُ ٱلۡكُبۡرَىٰ ٣٤अनि जब त्यो ठूलो विपदा (कयामत) आउनेछ । يَوۡمَ يَتَذَكَّرُ ٱلۡإِنسَٰنُ مَا سَعَىٰ ٣٥जुनदिन मानिस आफूले गरेको कामलाई सम्झनेछ । وَبُرِّزَتِ ٱلۡجَحِيمُ لِمَن يَرَىٰ ٣٦र सबै देख्नेवालाहरूको सामु नर्क खोलिदिइनेछ । فَأَمَّا مَن طَغَىٰ ٣٧त जसले अटेरी गर्यो । وَءَاثَرَ ٱلۡحَيَوٰةَ ٱلدُّنۡيَا ٣٨र सांसारिक जीवनलाइ प्राथमिकता दियो । فَإِنَّ ٱلۡجَحِيمَ هِيَ ٱلۡمَأۡوَىٰ ٣٩त उसको ठेगाना नर्क हुनेछ । وَأَمَّا مَنۡ خَافَ مَقَامَ رَبِّهِۦ وَنَهَى ٱلنَّفۡسَ عَنِ ٱلۡهَوَىٰ ٤٠र जो आफ्नो पालनकर्ताको सामु उभिनुबाट डरमान्थ्यो र आफ्नो मनलाई नराम्रो इच्छाबाट रोकेको थियो । فَإِنَّ ٱلۡجَنَّةَ هِيَ ٱلۡمَأۡوَىٰ ٤١त त्यसको बासस्थान जन्नत (स्वर्ग) नै हो । يَسۡـَٔلُونَكَ عَنِ ٱلسَّاعَةِ أَيَّانَ مُرۡسَىٰهَا ٤٢मानिसहरूले तिमीसित कयामतको बारेमा सोध्छन् कि त्यो कहिले आउँछ । فِيمَ أَنتَ مِن ذِكۡرَىٰهَآ ٤٣त्यसको वर्णनसँग तपाईको के सम्बन्ध إِلَىٰ رَبِّكَ مُنتَهَىٰهَآ ٤٤त्यो घटित हुने समयको जानकारी त तपाईको पालनकर्तालाई नै छ । إِنَّمَآ أَنتَ مُنذِرُ مَن يَخۡشَىٰهَا ٤٥जो व्यक्ति उसित डर मान्छ तपाई त उसैलाई सावधान गर्नेवालासम्म हौ । كَأَنَّهُمۡ يَوۡمَ يَرَوۡنَهَا لَمۡ يَلۡبَثُوٓاْ إِلَّا عَشِيَّةً أَوۡ ضُحَىٰهَا ٤٦जब उनीहरूले उसलाई देख्नेछन्, तब यस्तो ठान्नेछन् कि मानौं संसारमा एक साँझ वा एक बिहानसम्म मात्र बसेका थिए ।