ملة الإسلام

السورة 85 · 22 آية · Ahl Al Hadith Central Society Of Nepal

سورة البروج باللغة النيبالية

السورة بالعربية مع التفسير استمع إلى سورة البروج (1,332 قارئاً)
مكيةسورة البروج٢٢ آية

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

وَٱلسَّمَآءِ ذَاتِ ٱلۡبُرُوجِ ١आकाशको कसम, जसमा तारामण्डल छ । وَٱلۡيَوۡمِ ٱلۡمَوۡعُودِ ٢र त्यस दिनको कसम जसको वाचा छ । وَشَاهِدٍ وَمَشۡهُودٍ ٣उपस्थित हुनेवाला र उपस्थित गराइएकाहरूको कसम । قُتِلَ أَصۡحَٰبُ ٱلۡأُخۡدُودِ ٤कि खाल्टो (खन्नेहरू) नष्ट गरिए । ٱلنَّارِ ذَاتِ ٱلۡوَقُودِ ٥त्यो एउटा आगो थियो (खाल्टोहरू) जसमा इन्धन (हालिएको थियो) । إِذۡ هُمۡ عَلَيۡهَا قُعُودٌ ٦जबकि उनीहरू त्यसका वरिपरि बसेका थिए । وَهُمۡ عَلَىٰ مَا يَفۡعَلُونَ بِٱلۡمُؤۡمِنِينَ شُهُودٌ ٧र मुस्लिमहरूसँग जे गर्नेगरेका थिए त्यो आफ्नो सामु देखिरहेका थिए । وَمَا نَقَمُواْ مِنۡهُمۡ إِلَّآ أَن يُؤۡمِنُواْ بِٱللَّهِ ٱلۡعَزِيزِ ٱلۡحَمِيدِ ٨यिनीहरूले ती मोमिनहरूसँग (कुनै अन्य अपराधको) बदला लिइरहेका थिएनन्, मात्र यसको लागि कि उनीहरू अल्लाहमाथि ईमान राख्दथे जो अत्यन्त अधिपत्यशाली र प्रशंसनीय छ । ٱلَّذِي لَهُۥ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ وَٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءٍ شَهِيدٌ ٩जसको निम्ति आकाशहरू र पृथ्वीहरूको सत्ता छ र अल्लाहको सामु हरेक वस्तु छ । إِنَّ ٱلَّذِينَ فَتَنُواْ ٱلۡمُؤۡمِنِينَ وَٱلۡمُؤۡمِنَٰتِ ثُمَّ لَمۡ يَتُوبُواْ فَلَهُمۡ عَذَابُ جَهَنَّمَ وَلَهُمۡ عَذَابُ ٱلۡحَرِيقِ ١٠निःसंदेह ज–जसले ईमानवाला पुरुष र ईमानवाली स्त्रीहरूलाई दुःख दिए, अनि प्रायश्चित गरेनन्, त उनीहरूको निम्ति नर्कको यातना हुनेछ र पोलिने यातना छ । إِنَّ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ لَهُمۡ جَنَّٰتٌ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُۚ ذَٰلِكَ ٱلۡفَوۡزُ ٱلۡكَبِيرُ ١١निःसन्देह जसले ईमान ल्याए र असल कर्म गरिरहे उनीहरूको निम्ति बगैंचाहरू छन् जसमुनि नहरहरू बगिराखेका छन्, यही नै ठूलो सफलता हो । إِنَّ بَطۡشَ رَبِّكَ لَشَدِيدٌ ١٢निःसन्देह तिम्रो पालनकर्ताको पकड अत्यन्त कठोर छ । إِنَّهُۥ هُوَ يُبۡدِئُ وَيُعِيدُ ١٣उसैले पहिलो पटक सृष्टि गर्दछ र उसैले दोस्रो पटक (जीवित) गर्नेछ । وَهُوَ ٱلۡغَفُورُ ٱلۡوَدُودُ ١٤र त्यो ठूलो मुक्तिदाता र अत्यन्त प्रेम गर्नेवाला छ । ذُو ٱلۡعَرۡشِ ٱلۡمَجِيدُ ١٥सिंहासनको स्वामी, बडो गौरवशाली छ । فَعَّالٌ لِّمَا يُرِيدُ ١٦जे चाहान्छ गरिहाल्छ । هَلۡ أَتَىٰكَ حَدِيثُ ٱلۡجُنُودِ ١٧के तिमीलाई ती सेनाहरूको पनि समाचार पुगेको छ । فِرۡعَوۡنَ وَثَمُودَ ١٨(अर्थात्) फिरऔन र समूदको । بَلِ ٱلَّذِينَ كَفَرُواْ فِي تَكۡذِيبٍ ١٩केही होइन, काफिरहरू त (जानी जानी) असत्य कुरा ठह्राउनुमा लागि रहेकाछन् । وَٱللَّهُ مِن وَرَآئِهِم مُّحِيطُۢ ٢٠र अल्लाहले पनि उनीहरूलाई सबैतिरबाट घेरामा हालिसकेको छ । بَلۡ هُوَ قُرۡءَانٌ مَّجِيدٌ ٢١बरु यो कुरआन धेरै गौरवशाली छ । فِي لَوۡحٍ مَّحۡفُوظِۭ ٢٢लौहे महफूज (सुरक्षित फलाम पट्टीका) मा अंकित (छ) ।

الترجمة: Ahl Al Hadith Central Society Of Nepal.