ملة الإسلام

السورة 78 · 40 آية · Ahl Al Hadith Central Society Of Nepal

سورة النبأ باللغة النيبالية

السورة بالعربية مع التفسير استمع إلى سورة النبأ (1,427 قارئاً)
مكيةسورة النبأ٤٠ آية

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

عَمَّ يَتَسَآءَلُونَ ١(यी) मानिसहरूले कुन कुराको बारेमा सोधपूछ गरिराखेका छन् عَنِ ٱلنَّبَإِ ٱلۡعَظِيمِ ٢(के) त्यस ठूलो समाचारको बारेमा ٱلَّذِي هُمۡ فِيهِ مُخۡتَلِفُونَ ٣जसमा यिनीहरूले मतभेद गरिराखेका छन् كـَلَّا سَيَعۡلَمُونَ ٤हेर, यिनीहरूले शीघ्र नै थाहा पाउनेछन् । ثُمَّ كـَلَّا سَيَعۡلَمُونَ ٥अनि यकिनको साथ यिनीहरूले शीघ्र नै थाहा पाउनेछन् । أَلَمۡ نَجۡعَلِ ٱلۡأَرۡضَ مِهَٰدًا ٦के हामीले धरतीलाई ओछ्यान बनाएनौं وَٱلۡجِبَالَ أَوۡتَادًا ٧र पहाडहरूलाई मेख खम्बा وَخَلَقۡنَٰكُمۡ أَزۡوَٰجًا ٨र हामीले तिमीलाई जोडी–जोडी सृष्टि गर्यौं । وَجَعَلۡنَا نَوۡمَكُمۡ سُبَاتًا ٩र हामीले तिम्रा निद्रालाई आरामको माध्यम बनायौं । وَجَعَلۡنَا ٱلَّيۡلَ لِبَاسًا ١٠र रातलाई पर्दा बनायौं । وَجَعَلۡنَا ٱلنَّهَارَ مَعَاشًا ١١र दिनलाई जीविकोपार्जनको समय बनायौं । وَبَنَيۡنَا فَوۡقَكُمۡ سَبۡعًا شِدَادًا ١٢र तिमीमाथि हामीले सातवटा सुदृढ आकाश निर्मित गर्यौं وَجَعَلۡنَا سِرَاجًا وَهَّاجًا ١٣र एक चम्किलो प्रकाशमान सूर्य बनायौं । وَأَنزَلۡنَا مِنَ ٱلۡمُعۡصِرَٰتِ مَآءً ثَجَّاجًا ١٤र बादलहरूबाट हामीले पानीको बृष्टि गरायौं । لِّنُخۡرِجَ بِهِۦ حَبًّا وَنَبَاتًا ١٥ताकि त्यसबाट अन्न र सब्जी उत्पन्न गरौं وَجَنَّٰتٍ أَلۡفَافًا ١٦र बाक्ला घना बगैंचाहरू إِنَّ يَوۡمَ ٱلۡفَصۡلِ كَانَ مِيقَٰتًا ١٧निःसन्देह फैसलाको दिन निश्चित छ يَوۡمَ يُنفَخُ فِي ٱلصُّورِ فَتَأۡتُونَ أَفۡوَاجًا ١٨जुन दिन सूरमा फूँकिनेछ, अनि तिमीहरू समूह–समूहमा आई उपस्थित हुनेछौ । وَفُتِحَتِ ٱلسَّمَآءُ فَكَانَتۡ أَبۡوَٰبًا ١٩र आकाश खोलिनेछ, (त्यसमा) ढोकैढोका हुनेछ । وَسُيِّرَتِ ٱلۡجِبَالُ فَكَانَتۡ سَرَابًا ٢٠र पहाड चलाइनेछन्, तब तिनीहरू रेत (बालुवा) भइहाल्नेछन् । إِنَّ جَهَنَّمَ كَانَتۡ مِرۡصَادًا ٢١निःसंदेह जहन्नम घातमा छ । لِّلطَّٰغِينَ مَـَٔابًا ٢٢अर्थात् उल्लंघनकारीहरूको बासस्थान हो । لَّٰبِثِينَ فِيهَآ أَحۡقَابًا ٢٣त्यसमा तिनीहरू वर्षौंवर्षसम्म रहनेछन् । لَّا يَذُوقُونَ فِيهَا بَرۡدًا وَلَا شَرَابًا ٢٤उनीहरू न त्यसमा शीतलताको स्वाद चाख्नेछन् र न कुनै पेयको । إِلَّا حَمِيمًا وَغَسَّاقًا ٢٥उम्लिराखेको पानी र बगिराखेको पीप मात्र हुनेछ । جَزَآءً وِفَاقًا ٢٦उनीहरूले पूरा–पूर प्रतिफल पाउनेछन् । إِنَّهُمۡ كَانُواْ لَا يَرۡجُونَ حِسَابًا ٢٧उनीहरूलाई त हिसाबको आशा नै थिएन । وَكَذَّبُواْ بِـَٔايَٰتِنَا كِذَّابًا ٢٨र निडर भएर उनीहरूले हाम्रा आयतहरूको उपहास गर्दथे । وَكُلَّ شَيۡءٍ أَحۡصَيۡنَٰهُ كِتَٰبًا ٢٩हामीले प्रत्येक कुरालाई लेखेर गन्तीमा राखेका छौं । فَذُوقُواْ فَلَن نَّزِيدَكُمۡ إِلَّا عَذَابًا ٣٠तसर्थ (अब) तिमीले आफ्नो कर्मको स्वाद चाख । हामीले तिमीमाथि यातनाको वृद्धि गर्दै जानेछौं । إِنَّ لِلۡمُتَّقِينَ مَفَازًا ٣١निःसन्देह संयमीहरूको निम्ति ठूलो सफलता छ । حَدَآئِقَ وَأَعۡنَٰبًا ٣٢बगैचाहरू छन्, र अँगूरहरू छन् । وَكَوَاعِبَ أَتۡرَابًا ٣٣नौयवना कुमारी युवतीहरू छिन् । وَكَأۡسًا دِهَاقًا ٣٤र शराबका (मदिराका) टनाटन्न भरिएका गिलासहरू । لَّا يَسۡمَعُونَ فِيهَا لَغۡوًا وَلَا كِذَّٰبًا ٣٥उनीहरूले त्यहाँ न त कुनै व्यर्थका कुरा सुन्नेछन्, नत झूठ कुरो सुन्ने छन् । جَزَآءً مِّن رَّبِّكَ عَطَآءً حِسَابًا ٣٦तिम्रो पालनकर्ताको तर्फबाट (उनीहरूको राम्रो) कर्मको प्रतिफल हुनेछ رَّبِّ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَمَا بَيۡنَهُمَا ٱلرَّحۡمَٰنِۖ لَا يَمۡلِكُونَ مِنۡهُ خِطَابًا ٣٧उसको तर्फबाट जो आकाशहरू र पृथ्वीको र तिनको बीचमा जे छ त्यसको पालनकर्ता हो । र धेरै कृपाशील छ । कसैलाई उनीसित कुराकानी गर्ने अधिकार छैन । يَوۡمَ يَقُومُ ٱلرُّوحُ وَٱلۡمَلَٰٓئِكَةُ صَفًّاۖ لَّا يَتَكَلَّمُونَ إِلَّا مَنۡ أَذِنَ لَهُ ٱلرَّحۡمَٰنُ وَقَالَ صَوَابًا ٣٨जुन दिन आत्मा र फरिश्ताहरू पंक्तिबद्ध भएर उभिनेछन् तर कोही कुरो गर्न सक्दैन परन्तु जसलाई अललाहले आज्ञा दिन्छ र उसले ठीक कुरो मुखबाट निकाल्नेछ । ذَٰلِكَ ٱلۡيَوۡمُ ٱلۡحَقُّۖ فَمَن شَآءَ ٱتَّخَذَ إِلَىٰ رَبِّهِۦ مَـَٔابًا ٣٩त्यो दिन सत्य (सुनिश्चित) छ । अब जसले चाहन्छ (सत्कर्म गरेर) आफ्नो पालनकर्ताकहाँ राम्रो ठेगाना बनाओस् । إِنَّآ أَنذَرۡنَٰكُمۡ عَذَابًا قَرِيبًا يَوۡمَ يَنظُرُ ٱلۡمَرۡءُ مَا قَدَّمَتۡ يَدَاهُ وَيَقُولُ ٱلۡكَافِرُ يَٰلَيۡتَنِي كُنتُ تُرَٰبَۢا ٤٠हामीले तिमीसित छिटै आउनेवाला सजायबाट डरायौं । जुनदिन मान्छे आफूले गरेको कमाई देख्नेछ र काफिर भन्ने छन् कि काश हामी माटो भइहालेको भए ।

الترجمة: Ahl Al Hadith Central Society Of Nepal.