بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
وَٱلَّيۡلِ إِذَا يَغۡشَىٰ ١रात्रीको कसम, जब ढाक्छ । وَٱلنَّهَارِ إِذَا تَجَلَّىٰ ٢र दिनको कसम, जब कि चम्किन्छ । وَمَا خَلَقَ ٱلذَّكَرَ وَٱلۡأُنثَىٰٓ ٣र त्यस हस्तीको कसम, जसले पुरुष र स्त्रीको सृष्टि गर्यो । إِنَّ سَعۡيَكُمۡ لَشَتَّىٰ ٤निःसंदेह तिम्रो प्रयास भिन्न–भिन्न छ । فَأَمَّا مَنۡ أَعۡطَىٰ وَٱتَّقَىٰ ٥तसर्थ जसले (अल्लाहको मार्गमा धनमाल) दियो र डर मान्यो (आफ्नो पालनकर्ताको) । وَصَدَّقَ بِٱلۡحُسۡنَىٰ ٦र राम्रो कुराको पुष्टि गर्दैगर्यो । فَسَنُيَسِّرُهُۥ لِلۡيُسۡرَىٰ ٧त हामीले पनि उसलाई सजिलो बाटोको सुविधा प्रदान गर्नेछौं । وَأَمَّا مَنۢ بَخِلَ وَٱسۡتَغۡنَىٰ ٨तर जसले कञ्जूसी गर्यो र जो लापरवाही देखायो । وَكَذَّبَ بِٱلۡحُسۡنَىٰ ٩र असल कुराको उपहास गर्यो । فَسَنُيَسِّرُهُۥ لِلۡعُسۡرَىٰ ١٠त हामीले पनि उसलाई अभाव र कठिनाईका सामग्री प्रदान गर्नेछौं । وَمَا يُغۡنِي عَنۡهُ مَالُهُۥٓ إِذَا تَرَدَّىٰٓ ١١त्यसको धनमाल, ऊ खाल्डोमा लड्दा उसको कुनै पनि काम आउने छैन । إِنَّ عَلَيۡنَا لَلۡهُدَىٰ ١٢निश्चय नै हाम्रो जिम्मा त मार्ग देखाउनु छ । وَإِنَّ لَنَا لَلۡأٓخِرَةَ وَٱلۡأُولَىٰ ١٣र वास्तवमा हाम्रै अधिकारमा छ परलोक र संसार । فَأَنذَرۡتُكُمۡ نَارًا تَلَظَّىٰ ١٤मैले त तिमीलाई प्रज्वलित आगोबाट सावधान गराइदिएँ । لَا يَصۡلَىٰهَآ إِلَّا ٱلۡأَشۡقَى ١٥जसमा मात्र त्यही पर्नेछ जो साह्रै नै अभागा हुनेछ । ٱلَّذِي كَذَّبَ وَتَوَلَّىٰ ١٦जसले झुठ्लायो र (उसको अनुशरणबाट) मुख फर्कायो । وَسَيُجَنَّبُهَا ٱلۡأَتۡقَى ١٧र जो बडो संयमी हुनेछ, त्यसलाई त्यसबाट टाडा राखिनेछ । ٱلَّذِي يُؤۡتِي مَالَهُۥ يَتَزَكَّىٰ ١٨जसले आफ्नो सम्पत्ति दिएर आफूलाई शुद्ध बनाउँदछ । وَمَا لِأَحَدٍ عِندَهُۥ مِن نِّعۡمَةٍ تُجۡزَىٰٓ ١٩र (यसकारण) दिंदैन कि उसमाथि कसैको उपकार छ । जसको सट्टामा कुनै किसिमको बदलाको आशा गरिएको हुन्छ । إِلَّا ٱبۡتِغَآءَ وَجۡهِ رَبِّهِ ٱلۡأَعۡلَىٰ ٢٠बरु मात्र उसको आफ्नो महान पालनकर्ताको अनुहारको (दर्शनको) लागि (अर्थात रबको प्रसन्नता पाउनको लागि) । وَلَسَوۡفَ يَرۡضَىٰ ٢١निःसंदेह त्यो (अल्लाह) शीघ्र नै राजी भैहाल्नेछ ।